जिप दुर्घटनामा परि वडाध्यक्ष सहित ५ को मृत्यु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 07, 2020 | 06:07:28 PM मा प्रकाशित

laxmi  sunrise bank

जिप दुर्घटनामा परि वडाध्यक्षसहित पाँच जनाको मृत्यु भएको छ । बुधबार जाजरकोटको सदरमुखकाम खलंगाबाट जुनिचाँदे जाँदै गरेको भे१ज ९३५ नम्बरको जिप दुर्घटना हुँदा वडाध्यक्षसहित पाँच जनाको ज्यान गएको प्रहरीले जनाएको छ । 

जिप जुनिचाँदे गाउँपालिका १ औलखोलामा दुर्घटना भएको हो । दुर्घटनामा ५ जनाको घटनास्थलमै मृत्यु भएको र दुईजना बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जानकारी दिएको छ । सो दुर्घटनामा परि जुनिचाँदे गाउँपालिका ११ का अध्यक्ष अमरबहादुर शाही, सोही गाउँपालिका वडानम्बर ११ का कृतिबहादुर शाही, खेमबहादुर शाही, वडानम्बर ५ का मालिका बस्नेत र कृष्णबहादुर शाहीको मूत्यु भएको हो ।

बेपत्ता भएका अन्य दुईजनाको खोजी भइरहेको जनाइएको छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved