'प्याक' भयो मन्त्रिपरिषद्, अब नयाँ मन्त्री थप्न नमिल्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 14, 2020 | 07:03:41 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालको मन्त्रिपरिषद २५ सदस्यीय भएको छ । बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद फेरबदल तथा जिम्मेवारी हेरफेर गरेपछि मन्त्रिपरिषद २५ सदस्यीय भएको हो ।

यस संगै अब प्रधानमन्त्रीले नयाँ मन्त्री थप गर्न पाउने छैनन् । नेपालको संविधानमा  प्रधानमन्त्री सहित बढीमा पच्चीस जना मन्त्री रहेको मन्त्रिपरिषद गठन हुने उल्लेख छ । संविधान मै बढीमा २५ भनि तोकिएको र अहिले २५ सदस्य पुगेकोले अब मन्त्री थप गर्ने बाटो बन्द भएको हो । अब मन्त्री थप गर्नको लागि हाल भएकालाई राजिनामा गराउनु पर्ने हुन्छ ।

प्रधानमन्त्री ओलीले अर्थमा नेकपाका महासचिव बिष्णु पौडेल, शहरी विकासमा काठमाडौं जिल्लाको ९ नम्बर निर्वाचन क्षेत्रबाट प्रत्यक्ष निर्वाचित कृष्णगोपाल श्रेष्ठ तथा नेकपा केन्द्रिय सदस्य तथा २०७० सालमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग निर्वाचन लडेका लीलानाथ श्रेष्ठलाई ल्याएका छन्। त्यस्तै प्रधानमन्त्री ओलीले रक्षा आफुले लिएर इश्वर पोखरेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको जिम्मेवारी दिएका छन् भने पार्वत गुरुङलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयबाट निकालेर सञ्चार तथा सूचना प्रविधि मन्त्रालयला पठाएका छन्। 

प्रधानमन्त्रीले हाल रक्षा मन्त्रालय आफुसंगै राखेका छन् । यदि उनले सो जिम्मेवारीबाट मुक्त हुन चाहेमा सो जिम्मेवारी हाल कायम रहेका कोहि मन्त्रीलाई दिनु पर्ने छ भने नयाँ अनुहारलाई दिन चाहेमा अहिले भएका मध्येबाट कोहि मन्त्रीले राजिनामा दिनु पर्छ । 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved