कोरोनाका कारण मृत्यु हुनेको संख्या ७०० नाघ्यो, थप ३५२२ डिस्चार्ज

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 16, 2020 | 04:26:57 PM मा प्रकाशित

laxmi  sunrise bank

शुक्रबार थप ४ हजार ३९२ जनामा कोरोना पुष्टि भएको छ । यससंगै देशभर कुल संक्रमित हुनेको संख्या १ लाख २६ हजार १३७ पुगेको छ ।

पछिल्लो समयमा देशभर संक्रमितको संख्या बढ्दै गएको छ । यसअघि हिजै मात्र देशभर ३ हजार ७४९ जनामा कोरोना पुष्टि भएको थियो । 

मन्त्रालयका अनुसार हालसम्म ८८ हजार ४० जना निको भएर घर फर्किसकेका छन् । विगत २४ घण्टामा मात्रै ३५ सय २२ जना कोरोना जितेर घर फर्किएका छन् । हाल ३७ हजार ३८२ जना उपचाररत छन् ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोनाका कारण थप २१ जनाको मृत्यु भएको छ । यससँगै मृतकको संख्या ७ सय १५ पुगेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved