दशैंमा घरभित्र बस्न काठमाडौँ प्रशासनको अनुरोध

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 20, 2020 | 01:34:57 PM मा प्रकाशित

laxmi  sunrise bank

जिल्ला प्रशासन कार्यालय काठमाडौंले दशैंमा अत्यावश्यक बाहेक घर बाहिर ननिस्कन सर्वसाधारणलाई अनुरोध गरेको छ । प्रशासनले दशैंमा जिल्ला भित्रै तथा देशव्यापी रुपमा मानिसहरुको आवतजावत तथा भिडभाडको कारण संक्रमणको जोखिम अझ बढ्न सक्ने अवस्था देखिएको भन्दै व्यक्तिगत तथा सामूहिक रुपमा सचेतता अपनाई जो जहाँ छौँ सोही ठाउँमा रही चाडबाड मनाउँन अनुरोध गरेको हो ।  

पछिल्लो समय कोरोना भाइरसको हटस्पट बनेका काठमाडौंमा दसैँको समयमा हुने धेरै चहलपहलले महामारी झनै प्रसार हुने भन्दै सचेत हुन अनुरोध गरेको हो । सहायक प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले जारी गरेको अनुरोधपत्रमा व्यक्तिगत तथा सामूहिक सचेतता अपनाइ जो जहाँ छौं त्यही ठाउँमा पर्व मनाउन आग्रह गरिएको छ । प्रशासनले घरबाहिर निस्कनै पर्नै भएमा स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्न पनि अनुरोध गरेको छ ।

प्रशासनले असोज ३१ गतेदेखि कोरोना संक्रमण फैलिएको भन्दै अत्यावश्यक बाहेक प्रशासनबाट हुने सबै सेवा स्थगित गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved