राष्ट्रपतिले कोरोना कोषलाई दिईन् २ महिनाको तलव र दशैँ भत्ता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 21, 2020 | 02:26:53 PM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो तलव र दशैँ भत्ताको रकम कोरोना कोषमासहयोग गरेकी छिन् ।  

उनले सरकारद्धारा स्थापित ‘कोरोनाभाइरस संक्रमण रोकथाम तथा उपचार कोष’ मा दुई महिनाको पारिश्रमिक र चाडपर्व खर्च वापत प्राप्त हुने रकम प्रदान गरेकी हुन् । राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालद्वारा जारी गरिएको विज्ञप्तिमा राष्ट्रपति भण्डारीले उक्त रकम महामारी नियन्त्रणका लागि कोषमा प्रदान गरेकाे उल्लेख छ । 

यसअघि प्रधानमन्त्री केपी ओली तथा मन्त्रीहरुले  दशैं भत्ता वापत प्राप्त हुने रकम उक्त कोषमा जम्मा गर्ने निर्णय गरेका थिए। यसअघि सत्तारुढ दल नेकपा, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस लगायतका दलका सांसदहरुले दसैँ भत्ता बापत पाउने रकम कोषमा प्रदान गरेका छन् ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved