मंगलबार ५०२ जनामा कोरोना पुष्टि, २८७८ डिस्चार्ज

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 17, 2020 | 04:12:37 PM मा प्रकाशित

laxmi  sunrise bank

मंगलबार ५०२ जनामा कोरोना पुष्टि भएको छ । ३ हजार ११२ नमुना परीक्षण गर्दा २०४ महिला र २९८ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै देशभर कुल संक्रमितको संख्या २ लाख ११ हजार ४७५ पुगेको छ । 

स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म १ लाख ७९ हजार २४२ जना निको भएर घर फर्किसकेका छन् । विगत २४ घण्टामा मात्रै २ हजार ८७८ जना संक्रमित कोरोना जितेर घर फर्किएका छन् । हाल ३० हजार ९८६ जना उपचाररत छन् ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोनाका कारण थप १७ जनाको मृत्यु भएको छ । यससँगै मृतकको संख्या १२ सय ४७ पुगेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved