जिल्ला प्रशासन कार्यालय काठमाडौंले भिडभाड नगर्न आग्रह गरेको छ । कायालयले सभा, जुलुस र प्रदर्शन जस्ता भिडभाड हुने गतिविधी नगर्न आग्रह गरेको छ । कार्यालयले मंगलबार एक विज्ञप्ति मार्फत यस्तो आग्रह गरेको हो ।
कोरोनाभाइरस महामारी अझै रहेकोले भिडभाडजन्य गतिविधि नगर्न नगराउन प्रशासनले विज्ञप्ति निकालेर जानकारी गराएको हो। ‘पछिल्लो समय जिल्लामा विभिन्न माग राखी राजनीतिक तथा अन्य भिडभाडजन्य गतिविधि जस्तै सभा, जुलुस, प्रदर्शन र अभियान सञ्चालन गरेको भन्ने सूचना प्राप्त हुन आएको र त्यस्ता गतिविधिहरू संक्रमणको स्थितिलाई भयावह बनाउने किसिमका भएको साथै स्थानीय प्रशासन ऐन २०२८ र संक्रामक रोग ऐन २०२० को विपरीत हुने भएकोले त्यस्ता भिडभाडजन्य गतिविधिहरू नगर्न नगराउन साथै महामारी रोकथाममा सहयोग पुर्याउनु हुन सबैमा जिल्ला प्रशासन कार्यालय हार्दिक अनुरोध गर्दछ,’ प्रशासनले निकालेको प्रेस विज्ञप्तिमा उल्लेख छ।
पछिल्लो समय राष्ट्रिय झन्डा बोकेर काठमाडौंलगायत देशका विभिन्न ठाउँमा प्रदर्शन भइरहेका छन्।