गाँजामाथिको प्रतिबन्ध फुकुवा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 03, 2020 | 03:03:48 PM मा प्रकाशित

laxmi  sunrise bank

संयुक्त राष्ट्र संघको एजेन्सीले गाँजाको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको छ । युएन कमिशन अन नार्कोटिक ड्रग्सले गाँजालाई विश्व कै खतरनाक लागुपदार्थको सुचिबाट हटाउने कि नहटाउने भन्ने विषयमा मतदान गर्दा हटाउने पक्षमा बहुमत प्राप्त भएको हो।

संयुक्त राष्ट्र संघको कमिसन अन नार्कोटिक ड्रगमा सचिवालयमा ५३ सदस्य हुन्छन् । नेपाल सहित २७ देशले गाँजालाई खतरनाक लागुपदार्थको सुचिबाट हटाउन मतदान गरेका हुन् । नेपाल सरकारको निर्णय र आदेशमा जेनेभामा रहेका राजदुत प्रकाश कुमार सुबेदीले पक्षमा मतदान गरेका हुन्। २५ देशले यसको विपक्षमा मतदान गरेका थिए भने एक देश मतदान प्रक्रियामा गयल भएको थियो ।

नेपालमा पनि गाँजामाथिको प्रतिबन्ध फुकुवा गरि यसको ब्यबसायिक उत्पादन गर्नु पर्छ भन्दै पुर्व मन्त्री शेर बहादुर तामाङ लगायतले अभियान चलाईरहेका छन् । तामाङका अनुसार सिंगल कन्भेन्सन अन नर्कोटिक ड्रग १९६१ भनिने अन्तरराष्ट्रिय सन्धिको ५३ सदस्य रहने निर्णयक बोर्डमा नेपालले पहिलो पटक मतदान अधिकार प्रयोग गर्दै औषधी जन्य गाँजाको पक्षमा मत खसाएको हो । उनले संसद मै गाँजामाथिको प्रतिबन्ध फुकुवा गर्न विधयेक दर्ता गराएका छन् ।

विश्व स्वास्थ्य संगठनले पनि गाँजालाई विश्व कै खतरनाक लागुपदार्थको सुचिबाट हटाउनको लागि युएनलाई सिफारिस गरेको थियो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved