दुर्गा प्रसाईँको मेडिकल कलेजलाई सम्बन्धन दिन सर्वोच्च अदालतको आदेश

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 25, 2024 | 04:26:07 PM मा प्रकाशित

laxmi  sunrise bank

सर्वोच्च अदालतले दुर्गा प्रसाईंको झापास्थित बी एण्ड सी मेडिकल कलेजलाई मेडिकल शिक्षा अध्यापनको अनुमति प्रदान गर्न आदेश दिएको छ। कलेजका सञ्चालक दुर्गा प्रसाईंको मुद्दामा सर्वोच्च अदालतले आज फैसला सुनाएको हो।

अदालतले उनको मेडिकल कलेजलाई सम्बन्धन दिन आदेश दिएको हो  यस संगै  सो मेडिकल कलेजले एमबिबिएस अध्यापन गराउन पाउने बाटो खुलेको छ ।

आज न्यायधीश डा. कुमार चुडाल र शारङ्गा सुवेदीको इजलाशले यस मुद्दाको फैसला सुनाएको हो । गत चैत ६ गते सोहि इजलाशले यस मुद्दाको सुनुवाइ सकेर आज चैत १२ गते फैसला सुनाएको हो।

बी एण्ड सी मेडिकल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टरलाई मेडिकल शिक्षा अध्यापनका लागि सरकारबाट प्रारम्भिक अनुमति पाए पनि सरकारले अनुमति नदिएपछि प्रसाईले मुद्दा दायर गरेका थिए। प्रसाईंले चिकित्सा शिक्षा आयोग सानोठिमी, काठमाडौँ विश्वविद्यालय धुलिखेल र सरकारबिरुद्ध २०७७ साल असार २१ गते रिट दायर गरेका थिए ।

उक्त मुद्दामा सर्वोच्चले अग्राधिकार प्रदान गरेर सुनुवाई गरेको थियो । गत चैत ४ गते न्यायाधीशद्वय कुमार रेग्मी र विनोद शर्माको संयुक्त इजलासले यो मुद्दा गम्भीर संवेदनशील भएको भन्दै अग्राधिकार दिने आदेश गरेको थियो ।

सरकारले बी एण्ड सी मेडिकल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टरलाई मेडिकल शिक्षा अध्यापनका लागि प्रारम्भिक अनुमति (एलओसी) दिएर आवश्यक संरचना बनाउन स्वीकृति दिएको थियो । तर, संरचना बनाइसकेपछि सरकारले अध्यापनको अनुमति भने दिएको थिएन ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved