राजश्व छलीका गाडी र मोटरसाइकल सहित तीन जना पक्राउ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 29, 2024 | 07:06:02 PM मा प्रकाशित

laxmi  sunrise bank

 राजस्व छलीका गाडी र मोटरसाइकलसहित ३ जनालाई हिजो बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं नागार्जुन नगरपालिका–७ रामकोट घर भई काठमाडौं कीर्तिपुर नगरपालिका–२ बस्ने २७ वर्षीय किशोर गिरी, धादिङ धुनिबेशी नगरपालिका–७ घर भई भक्तपुर सल्लाघारी बस्ने २७ वर्षीय प्रविन गिरी र काभ्रेपलान्चोक महाभारत गाउँपालिका–२ घर भई भक्तपुर, भक्तपुर नगरपालिका–६ बस्ने ३० वर्षीय रमेश गिरी छन् ।

गाडी तथा मोटरसाइकलहरू भन्सार छली चोरी पैठारी गरी कारोबार भइरहेको भन्ने सूचनाका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

साथै भक्तपुरका विभिन्न स्थानहरूमा गाडी तथा मोटरसाइकलहरू भन्सार छली चोरी पैठारी गरी भारतबाट नेपाल ल्याई ड्राईभिङ सेन्टरमा प्रयोग गरेको गाडी १ थान र मोटरसाइकल २ थान समेत प्रहरीले बरामद गरेको जनाइएको छ ।

उनीहरूलाई आवश्यक कारवाहीको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय गौचर पठाइएको प्रहरीले जानकारी दिएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved