ग्यासको अनुदान कटौती, साउनभित्रै सिंहदरबारबाट ग्यासका सिलिण्डर हटाईने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 29, 2022 | 05:55:26 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले खाना पकाउने ग्यासमा दिँदै आएको अनुदान कटौती गर्दै लैजाने नीति लिएको छ । 

आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले खाना पकाउने ग्याँसमा दिँदै आएको अनुदान हटाउँदै लैजाने घोषणा गर्दै विद्युतीय चुल्होको प्रयोगलाई प्रोत्साहन गर्ने बताएका हुन् । 

उनले आगामी आर्थिक वर्षको पहिलो महिना (साउन) भित्रै सिंहदरबार परिसरबाट ग्यास सिलिण्डिर हटाईने घोषणा गरेका छन् । 

३ महिनाभित्र महानगरपालिका भित्रका सार्वजनिक कार्यालयहरुका खाजा घर तथा उच्च अधिकारीहरुको निवासबाट ग्यास सिलिण्डर विस्थापित गर्दै विद्युतीय चुल्होको जडान गरिने अर्थमन्त्रीको घोषणा छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved