बजेटले पास नम्बर मात्र पायो - डा. भट्टराई

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 29, 2022 | 07:10:21 PM मा प्रकाशित

laxmi  sunrise bank

जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले बजेटले पास नम्बर मात्र पाएको प्रतिक्रिया दिएका छन् ।

आज सरकारले आ.व. २०७९/८० का लागि पेश गरेको बजेटमाथि संक्षिप्त टिप्पणी गर्दै डा. भट्टराईले आर्थिक विकासमा गुणात्मक फड्को मार्ने गरी बजेट नआएको बताए ।

'मध्यमस्तरको बजेट आयो,' उनले भने, 'पास नम्बर त पाएको छ । तर आर्थिक रुपान्तरणको प्रस्थानबिन्दू बन्न सक्दैन ।'

उनले कृषिलाई प्राथमिकता दिनु सकारात्मक भएको बताए । त्यस्तै विद्युतको क्षेत्रमा ल्याइएका कतिपय प्रावधान पनि सकारात्मक नै रहेको उनको प्रतिक्रिया छ ।

'तर बजेट गुणात्मक महत्त्वको रहेन,' उनले भने, 'संरचनागत परिवर्तन नै गर्ने गरी बजेट आएन ।'

 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved