बजेटमा दिपेन्द्र क्षेत्रीको प्रतिक्रिया : कार्यान्वयन गर्न हम्मेहम्मे छ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 29, 2022 | 07:31:59 PM मा प्रकाशित

laxmi  sunrise bank

अर्थविद तथा नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर दिपेन्द्रबहादुर क्षेत्रले बजेट कार्यान्वयन गर्न हम्मेहम्मे हुने प्रतिक्रिया दिएका छन् ।

आव २०७९/८० का लागि सरकारले संसदमा पेश गरेको बजेटमाथि संक्षिप्त प्रतिक्रिया दिंदै उनले यस्तो बताएका हुन् ।

क्षेत्रीले बिजपाटीसँग भने, 'चुनाव गर्ने बेलामा यति ठूलो बजेट किन ल्याएको होला ? सबै कर्मचारी चुनावमा केन्द्रित हुन्छन्, विकास कसले गर्ने हो ?'

उनले चालू आवमा पनि खर्च जम्मा ८६ प्रतिशत हुने देखिएको बताए । 'चालू आवमै कम खर्च हुने देखिएको छ, त्यहाँमाथि अहिले बजेट ठूलो बनेको छ । यो कार्यान्वयन गर्न हम्मेहम्मे पर्ने देख्छु म ।'

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved