
राष्ट्रिय योजना आयोगको पूर्ण बैठकबाट मध्यमकालीन खर्च संरचना र वार्षिक विकास कार्यक्रम पारित भएको छ ।
प्रधानमन्त्रीको अध्यक्षतामा बसेको योजना आयोगको पूर्ण बैठकले तीनवर्षे मध्यमकालीन खर्च संरचना र वार्षिक विकास कार्यक्रम पास गरेको हो । अर्थसचिव अर्जुन पोखरेलका अनुसार अब मन्त्रिपरिषद बैठकले बजेट पास गरेर संसदमा पठाउनेछ ।
बजेट पास गर्न मन्त्रिपरिषद्को बैठक बस्दै छ ।