अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/८१ को लागि साधारण खर्च तथा सामाजिक सुरक्षाका लागि १२ खर्ब ८० अर्ब बजेट बिनियोजन गरेका छन् । यो कुल बजेटको ७३ प्रतिशत हो ।
संघीय सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/८१ को बजेट पेश गर्दै उनले तलब भत्ता, सामाजिक सुरक्षा लगायत अनिवार्य दायित्वमा १२ खर्ब ८० अर्ब २५ करोड विनियोजन गर्नुपर्ने बाध्यता रहेको बताएका हुन्।