भ्याटमा आवद्द भएका करदाताले अब महिनैपिच्छे करको विवरण पेश गर्नु नपर्ने भएको छ । अर्थ मन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् ।
उनका अनुसार अब वार्षिक १ करोड सम्मको कारोबार गर्ने गरि भ्याटमा आवद्द भएका करदाताले अब हरेक महिनाको सट्टामा ४-४ महिनामा मात्र कर तथा सो को विवरण पेश गरे हुने छ ।