संसदमा आजदेखि बजेटमाथिको छलफल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 04, 2023 | 09:46:45 AM मा प्रकाशित

laxmi  sunrise bank

आज संघीय संसद अन्तर्गत प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक बस्दै छ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बोलाइएको छ भने राष्ट्रिय सभाको बैठक दिउँसो १ बजेर १ मिनेटमा बोलाइएको छ ।

दुवै सदनमा आजदेखि बजेट माथिको छलफल सुरु हुने छ । आजको बैठकमा अर्थ मन्त्री डा. प्रकाश शरण महतले वक्तव्य सहित “ आ.व. २०८०/०८१ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्ने र त्यसपछि आ.व. २०८०/०८१ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गर्ने कार्यसूची छ।

गत जेठ १५ गते अर्थमन्त्री डा. महतले  आर्थिक वर्ष २०८०/८१ को लागि १७ खर्ब ५१ अर्बको बजेट ल्याएका छन्। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved