अब संस्थाले पनि बीमा अभिकर्ताको रुपमा काम गर्न पाउने, त्यस्ता छन् योग्यता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 09, 2021 | 07:26:49 PM मा प्रकाशित

laxmi  sunrise bank

बीमा समितिले संस्थागत बीमा अभिकर्ता  सम्बन्धी निर्देशिका जारी गरेको छ। यस संगै संगठित संस्थाले पनि बीमा अभिकर्ताको रुपमा काम गर्न सक्ने छन् । 

समितिले बीमा अभिकर्ताको रुपमा कार्य गर्न चाहने संस्थाको योग्यता पनि तोकेको छ ।  जस अनुसार संस्थापक अभिकर्ताको मुख्य वा प्रमुख ब्यबस्थापकहरु मध्ये कम्तिमा १ जनाले बीमा समिति  वा समितिबाट मान्यताप्राप्त गरेको संस्थाले बीमा अभिकर्ताको लागि संचालन गरेको आफुले गर्न चाहेको किसिमको बीमा अभिकर्ताको तालिममा सहभागी भई प्रमाणपत्र लिएको हुनु पर्न  छ 

त्यस्तै अभिकर्ताको संचालक र मुख्य वा प्रमुख ब्यबस्थापकले कम्तिमा एसईई वा सो सरहको परीक्षा उतिर्ण गरेको हुनु पर्ने छ । अभिकर्ताको प्रबन्धपत्र, नियमावली वा विधानमा कुन किसिमको बीमा अभिकर्ता भई कार्य गर्ने हो, सो उल्लेख गरेको हुनु पर्ने ब्यबस्था निर्देशिकाले गरेको छ । यी बाहेक बीमा नियमावली २०४९ मा उल्लेख भएका योग्यता पनि पुरा गरेको हुनु पर्ने छ । 

संस्थागत अभिकर्ताले बीमा समितिबाट अनुमतिको लागि समितिमा निवेदन दिई समितिबाट अनुमति लिएर कार्य गर्न सक्ने छ । 

संस्थागत अभिकर्ताले बिमितबाट बीमा शुल्क संकलन गरि बिमाकलाई भुक्तानी गर्दा बिमितको सहमति बिना कुनै पनि अतिरिक्त रकम आफुसंग राख्न पाउने छैन । निर्देशिकाले संस्थागत अभिकर्ताको काम कर्तब्य र अधिकारी तोकेको छ भने गर्न नहुने कार्य पनि उल्लेख गरेको छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved