सिद्धार्थ इन्स्योरेन्सको लाभांश पारित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 11, 2021 | 02:54:47 PM मा प्रकाशित

laxmi  sunrise bank

सिद्धार्थ इन्स्योरेन्स Siddhartha Insurance Limited  को लाभांश पारित भएको छ । आज शुक्रबार सम्पन्न कम्पनीको १९ औं वार्षिक साधारण सभाले हाल कायम रहेको चुक्ता पुँजी रु.१ अर्बको १२ प्रतिशत बोनस शेयर तथा ३.७८९४ प्रतिशत नगद लाभांस वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

सभामा सञ्चालक समितिका तर्फबाट कम्पनीका अध्यक्ष रतन लाल केडियाले कम्पनीको वार्षिक प्रतिवेदन तथा वित्तीय विवरण प्रस्तुत गरेका थिए ।  

कम्पनीले आ.व. २०७६/७७ मा विभिन्न बीमा व्यवसाय अन्तर्गत रु. १ अर्व ९६ करोड ३९ लाख  बीमा शुल्क आर्जन गरेको थियो भने यस आ.व.को साधारण सभा भएको दिन सम्म रु. २ अर्व १ करोड भन्दा बढी बीमा शुल्क आर्जन गरी सकेको जनाएको छ । उक्त बीमा शुल्क संकलन गत आ.व.को तुलनामा १६.०७ बढी  हो।                                          


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved