एशियन लाइफ इन्स्योरेन्स Asian Life Insurance Company ले वेल्थ म्यानेजमेन्ट एण्ड मर्चेन्ट बैंकिङको शेयर स्वामित्व खरिद गरेको छ । शेयर खरिद सम्झौतामा एशियन लाइफको तर्फबाट प्रमुख कार्यकारी अधिकृत दिनेशलाल श्रेष्ठ र वेल्थको तर्फबाट अध्यक्ष सचिन सिलवालले हस्ताक्षर गरेका छन् ।
एशियन लाइफले वेल्थको ५१ प्रतिशत शेयर स्वामित्व खरिद गरेको हो । सम्झौता अनुसार वेल्थ अब एशियन लाइफको सहायक कम्पनी बनेको छ । साथै वेल्स्थले अब एशियन क्यापिटलको नामबाट सेवा प्रदान गर्ने छ । वेल्थका संचालक पुरुषोत्तम चिमोरियाका अनुसार एशियन क्यापिटल बीमा क्षेत्र कै पहिलो मर्चेन्ट बैंकर बनेको छ ।
वेल्थले लगानी ब्यबस्थापन सेवा र डिपी प्रदान गर्दै आएको छ। भविष्यमा अन्य मर्चेन्ट बैंकिङ सेवाहरु प्रदान गर्ने जनाएको छ ।