रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी सञ्चालनको ५ वर्ष पुरा गरी छैठो वर्षमा प्रवेश गरेको छ । यस अवधिमा कम्पनीले नेपाली बीमा बजारमा ५० लाख भन्दा बढी बीमालेखहरु जारी गरेको जनाएको छ ।
पाँंचौं वार्षिक उत्सवको अवसरमा कम्पनीले राष्ट्रिय आविष्कार केन्द्र नेपाललाई पाँच लाख सहयोग गर्नुका साथै भद्रपुर, बिराटनगर, धनगढी शाखाद्धारा रक्तदान कार्यक्रम आयोजना गरिएको कम्पनीले जनाएको छ । त्यस्तै राजबिराज तथा वुटवल शाखाद्धारा स्थानिय अस्पतालमा फलफुल वितरण गरिएको, निजगढ शाखाद्वारा फरक डंगले सक्षम तथा एकल महिलाहरुलाई खाद्य्य सामाग्रीहरु वितरण गरिअको तथा बेसिशहर शाखाद्धारा ट्राफिक संकेत सहयोग गरि वार्षिक उत्सव मनाइएको कम्पनीले उल्लेख गरेको छ ।
कम्पनीका अनुसार मणिग्राम शाखाले अपाङग आश्रमलाई सहयोग गरेको छ भने बुटवल शाखाले लुम्बिनी अस्पताल लाई फलफुल वितरण गरेको छ ।