नेपाल लाइफका अभिकर्तालाई अन्तराष्ट्रिय प्रशिक्षकद्धारा प्रशिक्षण दिईदै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 06, 2023 | 04:12:29 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आजबाट धुलिखेलको आगन्तुक रिसोर्टमा दुई दिवसीय अभिकर्ता प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको छ। अन्तराष्ट्रिय प्रशिक्षकद्धारा प्रशिक्षण दिइने यस कार्यक्रममा देशभरबाट १२५ जना भन्दा बढी अभिकर्ता तथा एजेन्सी म्यानेजरहरुको सहभागिता रहेको छ ।

कार्यक्रमको शुभारम्भ नायब प्रमुख कार्यकारी अधिकृत अमित कयालले गरेका हुन्। स्वागत मन्तव्य चजे नायब महाप्रबन्धक उमापति पोखे्रलले गरेका थिए। उनले कम्पनीको आगामी रणनीतिको बारेमा समेत चर्चा गरेका थिए।

उक्त कार्यक्रमका सहभागीहरुलाई प्रशिक्षण दिनका लागि भारतको मुम्बइबाट जीवन बीमाका प्रशिक्षक तथा सफल जीवन बीमा अभिकर्ता राजेश सतोष्कार आएका छन्। 

कम्पनीले पुष २३ गते आर्मी अफिसर क्लबमा करिब ८ सय जना अभिकर्ताहरुलाई प्रशिक्षण दिने तयारी गरेको छ ।

२०७९ असोज मसान्त सम्ममा यस कम्पनीको लगानी रु. १४९.७६ अर्ब रुपैयाँ रहेको छ भने जीवन बीमाकोष १४२ अर्ब ९ करोड रुपैयाँ र शेयरधनी कोष ११ अर्ब ३ करोडभन्दा बढी रहेको छ । कम्पनीमा २,१२,३६२ भन्दाबढी प्रशिक्षित अभिकर्ता रहेका छन् ।

कम्पनीले आफ्ना सेवाग्राहीहरु तथा ग्राहकहरूका लागि देशभर फैलिएका आफ्ना हाल करिब १ सय ९७ कार्यालय सञ्जालहरू मार्फत जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ । यसका साथसाथै कम्पनीले हालसम्म रु १९७.१८ अर्ब रुपैया बीमा शुल्क आर्जन गरेको छ । नेपालको सर्वाधिक विश्वासिलो नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले २१ वटा बीमा योजना अन्तर्गत ३१,१५,४२० बीमालेख जारी गरिएको छ ।ग्राहकहरूको हितलाई ध्यानमा राखी यस कम्पनीले समयसापेक्ष आवश्यक थप सेवा तथा सुविधाहरुसमेत उपलब्ध गराउँदै जाने प्रतिबद्धता व्यक्त गरेको छ ।



Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved