आइएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्सबीच मर्जरको प्रारम्भिक सम्झौता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 10, 2023 | 06:07:21 PM मा प्रकाशित

laxmi sunrise bank

आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी एकआपसमा गाभ्ने÷गाभिने सम्बन्धि प्रारम्भिक सम्झौता भएको छ। नेपाल बीमा प्राधिकरणको कार्यालयमा भएको उक्त सम्झौता पत्रमा कम्पनीका संचालक तथा मर्जर समितिका संयोजक अम्बिका प्रसाद पौडेल र प्रुडेन्सियल इन्स्योरेन्सको तर्फबाट संचालक तथा मर्जर समितिका संयोजक अमित अग्रवालले हस्ताक्षर गरेका हुन्।

नेपाल बीमा प्राधिकारणको बाट जारी भएका निर्देशनहरु तथा नीति, नियमहरुको पालना गर्दै दुई कम्पनीबीच मर्जर सम्झौता भएको छ। बीमा क्षेत्रमा बढदै गएको तिव्र प्रतिस्पर्धा तथा अवसरहरुलाई ध्यानमा राखी एक सवल र सक्षम बीमा कम्पनीको रूपमा स्थापित भै दिर्घकालसम्म अझ उन्नत स्तरको निर्जीवन बीमा सेवा प्रदान गर्ने उद्देश्यका साथ मर्जरमा जान लागेको सम्पनीका सञ्चालकहरुले बताए।

दुई कम्पनीहरूको अन्तर्राष्ट्रिय, राष्ट्रिय तथा स्थानिय पहुँच, अनुभव र क्षमतालाई बढी भन्दा बढी प्रभावकारी बनाउदै आफ्ना शेयरधनीहरूलाई समायानुकुल उचित प्रतिफल प्रदान गर्ने उदेश्यले एक आपसमा गाभ्ने÷गाभिने सहमति सहित प्रारम्भिक सम्झौता गरिएको उनीहरुको दाबी छ।

उक्त सम्झौता अनुसार दुवै कम्पनी एकआपसमा गाभिए पश्चात वन्ने कम्पनीको नाम आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड रहने छ । मर्जर सम्बन्धी प्रस्ताव दुवै कम्पनीको आगामी विशेष साधारण सभामा लगिनेछ । दुवै कम्पनीका बीचमा भएको प्रारम्भिक सहमती एव डीडीए रिपोर्ट समेतका आधारमा शेयर अनुपात १ः१ कायम रहने गरी सम्झौता भएको छ। 


Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved