मर्जर प्रस्ताव पारित गर्दै सानिमा र रिलायन्स लाइफको साधारणसभा सम्पन्न

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 24, 2023 | 05:40:58 PM मा प्रकाशित

laxmi  sunrise bank

सानिमा लाइफ इन्स्योरेन्स र रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले आज एकै दिन साधारण सभा सम्पन्न गरेका छन्। साधारणसभाबाट दुवै कम्पनीले मर्जरको विशेष प्रस्ताव पारित गरेका छन्। दुई कम्पनी मर्ज भएर एउटा ‘सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेड’ बन्ने छ।

सानिमा लाइफले धुम्बाराही स्थित कुण्डलिनी दरबार ब्यानक्वेटमा साधारण सभा सम्पन्न गरेको हो भने रिलायन्स लाइफले नक्साल स्थित लिसारा रिसेप्सनमा साधारण सभा सम्पन्न गरेको हो ।

यी दुबै कम्पनीको साधारण सभाले गत आर्थिक वर्षको नाफा नोक्सान वार्षिक प्रतिवेदन पारित गर्ने, वित्तीय विवरण पारित गर्ने, लेखापरिक्षकको प्रतिवेदन पारित गर्ने साधारण प्रस्ताव पारित गरेका छन् ।  यी दुई कम्पनी १ः१ को स्वाप रेसियोमा मर्ज हुन लागेका हुन् ।

साधारण सभाले मर्जर सम्बन्धि हालसम्म भएका काम कारवाही अनुमोदन गर्ने, प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने, नियामक निकायबाट थप संशोधनको लागि निर्देशन भई आएमा सो को अख्तियारी संचालक समितिलाई दिने लगायतका प्रस्ताव पारित गरेका छन् ।

त्यस्तै एक आपसमा गाभ्ने गाभिने सम्बन्धी अन्तीम सम्झौता पत्र सहमति पत्र तथा अन्य भए गरेका सम्झौताहरुको अनुमोदन गर्ने प्रस्ताव पारित गर्ने, एक आपसमा गाभ्ने गाभिने प्रयोजनका लागि दुबै कम्पनीको चल अचल सम्पत्ति तथा दायित्व मूल्याङ्कन प्रतिवेदन तयार गर्न नियुक्त गरेका लेखापरीक्षक मूल्याङ्कनकर्ता नियुक्ति तथा निज प्रदान गर्ने पारिश्रमिक अनुमोदन गर्ने प्रस्ताव पारित गरेका छन् ।

त्यसैगरी एक आपसमा गाभ्ने गाभिने सम्वन्धि साधारण सभाबाट पारित बिशेष प्रस्तावहरुका सम्वन्धमा तथा सभाले गर्ने अन्य निर्णय कार्यान्वयन गर्ने सिलसिलामा नेपाल बीमा प्राधिकरण, कम्पनी रजिष्ट्रारको कार्यालय वा अन्य नियामक निकायहरुबाट कुनै निर्देशन प्राप्त भएमा सो निर्देशन कार्यान्वयन गर्न तथा मर्जर सम्वन्धमा गर्नुपर्ने बांकी सम्पूर्ण कार्यहरु गर्न संचालक समितिलाई सम्पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित भएको छ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved