‘किसान बीमा’ सफ्टवेयर प्रयोगमा ल्याउँदै प्राधिकरण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 04, 2023 | 10:51:20 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल बीमा प्राधिकरणले ‘कृषि बीमा’ सफ्टवेयर प्रयोगमा ल्याउने भएको छ। प्राधिकरणले आज एक बोलपत्र आह्वान गर्दै कृषि तथा पशुपंछी र जडिबुटी बीमाको तथ्यांक व्यवस्थापनका लागि सफ्टवेयर विकास तथा निर्माण गर्न इच्छुक कम्पनीहरुलाई शिलबन्दी प्रस्ताव माग गरेको  हो।

सम्बन्धित र इच्छुक कम्पनीहरुले आगामी बैशाख २० गते मध्यान्ह १२ बजेभित्र कार्यालयमा वा नेपाल सरकारको विद्युतीय बोलपत्र प्रणालीमार्फत् प्रस्ताव पेश गर्न सकिने आशयपत्रमा उल्लेख गरिएको छ।

किसान बीमा नामक यो सफ्टवेयर लागु भएसँगै कृषि तथा पशुपंछी बीमाको तथ्यांक व्यवस्थित हुने छ। कृषि, पशुपंक्षी तथा जडीबुटी बीमा सम्बन्धी तथ्या‌ंकमा एकरुपमा नआउने तथा विश्वसनीयता कायम हुन नसकेपछि  प्राधिकरणले सफ्टवेयर प्रयोगमा ल्याउन लागेको हो ।

विगतमा जारी भएका कृषि,  पशुपंक्षी बीमालेखका तथ्यांकिय त्रुटी समेत देखिदै आएको छ। प्राधिकरणले अन्य बीमा सेवा झैं वास्तविक समयमै कारोबार विवरण प्रविष्ट गरेर तथ्यांक संकलन, भण्डारण र प्रशोधन गर्न सकिने विशेषता सहितको विशिष्टीकृत सफ्टवेयर प्रयोगमा ल्याउने तयारी गरेको हो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved