एसियन लाईफ इन्सोरन्सले मनायो आफ्नो वार्षिकोत्सव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 05, 2023 | 05:24:38 PM मा प्रकाशित

laxmi  sunrise bank

 एशियन लाईफ इन्स्योरेन्स कम्पनी पन्ध्रौं वर्ष पुरा गरी सोह्र वर्षमा प्रवेश गरेको छ । सोह्र वर्ष प्रवेशको उपलक्ष्यमा कम्पनीले देशभर संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत विविध कार्यक्रमहरु आयोजना गरि मनाएको छ  ।

वार्षिकोत्सवको अवसरमा कम्पनीले आफ्नो प्रधान कार्यालय परिसरमा रक्तदान कार्यक्रम गरेको र रक्तदानमा ४६ जना सहभागी भएको कम्पनीले जनाएको छ। साथै देशभरका आफ्ना शाखा संजाल मार्फत बिभिन्न स्थानीय मठ मन्दिर, आश्रम, विद्यालय तथा अनाथालयमा शैक्षिक सामाग्री, खाद्यान्न तथा फर्निचर सामाग्री वितरण गरेको जनाएको छ  ।

वार्षिकोत्सवको अवसरमा प्रधान कार्यालयमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा कम्पनीको संचालक समिति अध्यक्ष  दिपक कुमार श्रेष्ठले एशियन लाईफ इन्स्योरेन्सको व्यवसायीक यात्रामा पन्ध्र वर्षदेखि निरन्तर सहयोग पुयाउँदै आएका सम्पूर्ण शुभेच्छुकहरुमा हार्दिक आभार व्यक्त गरेका थिए । उनले  जीवन उत्कृष्ट बीमा सेवा प्रवाह गर्दै बीमित र शेयरधनीलाई उच्च प्रतिफल प्रदान गर्नका लागी कम्पनी प्रतिबद्ध रहेको बताएका थिए ।

एसियन लाईफको चालू आ.व. २०७९-८० को फागुनसम्ममा जीवन बीमाकोष रु.३५ अर्ब ६० करोड र कूल बीमाशुल्क रु.४० अर्ब  ८५ करोड रहेको छ । कूल लगानी रु.३९ अर्ब ८ करोड छ । यसैगरी चालू आर्थिक वर्ष २०७९-८० को फागुन मसान्तसम्ममा कूल बीमाशुल्क रु.४ अर्ब ५५ करोड आर्जन गरेको छ । कम्पनीमा ६ लाख ११ हजार सकृय बीमालेख रहेका छन्  ।कम्पनिले  रु.२ अर्ब ९० करोड चुक्ता पूँजी रहेको कम्पनीले गत आव २०७८-७९ को संचित नाफाबाट ८.९४७ प्रतिशत बोनश शेयर प्रस्ताव गरेको छ । नेपाल बीमा प्राधिकरणबाट प्रस्तावित बोनश स्वीकृत भइसकेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved