मजदुर मृत्यृपछि परिवारले पाउने बीमा रकम ठगीमा बीमा कम्पनीका कर्मचारी पनि संलग्न

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 09, 2023 | 05:25:46 PM मा प्रकाशित

laxmi  sunrise bank

वैदेशिक रोजगारको शिलशिलामा मृत्यु भएका नेपालीका परिवारले प्राप्त गर्ने बीमाबापतको रकम ठगीमा सरकारी कर्मचारीसँगै बीमा कम्पनीका कर्मचारी पनि मुछिएका छन् । 

उक्त ठगीका गिरोहमा संलग्न भएको आरोपमा प्रहरीले वैदेशिक रोजगार बोर्डमा कार्यरत नायब सुब्बा (कम्प्युटर अधिकृत) पशुपति अधिकारी र सुर्यज्योति लाइफ इन्स्योरेन्स (बीमा कंम्पनी)का जुनियर अधिकृत उमेश बुढाथोकी पक्राउ परेका छन् । अधिकारीलाई २४ गते र बीमा कम्पनीका बुढाथोकीलाई २५ गते पक्राउ गरी आज सार्वजनिक गरिएको हो ।

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यलयका प्रहरी उपरीक्षक रविन्द्र रेग्मीकाअनुसार पक्राउ परेका यी दुई जनासहितको गिरोहले वैदेशिक रोजगारीका लागि विदेशमा काम गर्दागर्दै विविध कारणले मृत्यु भएका तथा विदामा नेपाल आउँदा मृत्यु भएका नेपालीहरुले बीमाबापत पाउने रकम मृतकका आफन्तलाई दिलाई दिन्छु भनी ठगी गरेका पाइएको छ । बीमा प्राप्त हुने रकमको केही रकम मात्र आफन्तलाई दिइ बाँकी रकम ठगी गर्ने गरेको अनुसन्धानबाट पत्ता लागेको प्रहरीले जनाएको छ । 

उक्त ठगी काण्डमा संलग्न गिरोहको निगरानी राखी खोजतलास गर्ने क्रममा २०७९ चैत २३ गते दिउँसो गोंगबुबाट रामबहादुर तामातमाङसहित ६ जनालाई प्रहरीले यसअघि नै पक्राउ गरिसकेको छ । उनीहरुको साथबाट मृतकको नागरिकता, राहदानी, जन्मदर्ता, मृत्युदर्ता, विवाह दर्ता, वडा कार्यालयको सिफारिस, बीमा कम्पनीको लेटरप्याडलगायतका महत्त्वपूर्ण कागजातसमेत फेला पारी पक्राउ गरिएको थियो । 

ठगी सम्बन्धी कसुरमा आवश्यक कारबाहीका लागि प्रहरी परिसर टेकु काठमाण्डौ पठाईएकोमा थप व्यक्तिहरुको खोजतलास गर्ने क्रममा पशुपति अधिकारी र उमेश बुढाथोकीलाई पक्राउ गरि थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु काठमाण्डौ पठाईएको हो।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved