चार लघुबीमा कम्पनीका अध्यक्षले लिए सिलवालबाट शपथ, तीनले तोकिएको पूँजी पुर्याउन बाँकी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 18, 2023 | 04:28:30 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले विभिन्न चारवटा लघुबीमा कम्पनीका संचालक समितिका अध्यक्षहरूलाई आज शपथ गराएका छन् । उनले ४ वटा लघुबीमा कम्पनीका संचालकलाई सपथ गराएका हुन् । 

अध्यक्ष सिलवालले आज प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोल, ललितपुरमा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लि. का अध्यक्ष उदिप श्रेष्ठ, नेपाल माइक्रो इन्स्योरेन्स कं. लि. का अध्यक्ष आशिष श्रेष्ठ, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लि. का अध्यक्ष ऋषिराज मोर र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लि. का अध्यक्ष कृतिका अग्रवाललाई शपथ गराएका हुन् ।

त्यस अवसरमा नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले कम्पनीको समग्र जिम्मेवारी संचालक समितिका अध्यक्षको हुने भएकाले कम्पनीहरू अध्यक्षको निगरानीमा रहनुपर्ने बताएका छन्।

अध्यक्ष सिलवालले न्यून आय भएका बर्ग र पिछडिएका क्षेत्रलाई लक्षित गरी लघुबीमा व्यवसाय गर्नेगरी धेरै लामो प्रयासपछि लघुबीमा कम्पनीहरू स्थापना भएको उल्लेख गर्दै सोही उद्देश्य अनुरूप स्थानीयस्तरमा सञ्जाल विस्तार गरेर स्वस्थ प्रतिस्पर्धाका साथ इमान्दारीपूर्वक काम गर्न निर्देशन दिएका छन्।

नेपाल बीमा प्राधिकरणले लघु बीमा संचालनको अनुमती पाएका मध्ये चुक्ता पुँजी पुर्याएर लाइसेन्स प्राप्त गरेका चार लघुबीमाका अध्यक्षले आज बीमा प्राधिकरणका अध्यक्षबाट शपथ  लिएका हुन्। बाँकी ३ कम्पनीलाई चुक्ता पुँजी पुर्याउन थप ४५ दिनको समय दिइएको छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved