
प्राइम लाइफ इन्स्योरेन्स कम्पनी र युनियन लाइफ इन्स्योरेन्स कम्पनीको शेयर संरचना परिवर्तन भएको छ । शेयर संरचना परिवर्तन भएसँगै दुवै कम्पनीको संस्थापक र सर्वसाधारण शेयरको अनुपात ५१:४९ कायम भएको छ ।
पछिल्लो समय प्राइम लाइफ इन्स्योरेन्सको २८ लाख २६ हजार ६ सय ८९ दशमलव १३ कित्ता शेयर संस्थापकबाट सर्वसाधारणमा परिवर्तन गरिएको छ । त्यस्तै युनियन लाइफको ४४ लाख ५१ हजार ४ सय२४ दशमलव ५० कित्ता शेयर संस्थापकबाट सर्वसाधारणमा परिवर्तन गरिएको छ ।
नेपाल बिममा प्राधिकरणले स्वीकृति दिएपछि, कम्पनीको साधारणसभाले पारित गरेपछि , कम्पनी रजिष्ट्रार कार्यालयले प्रबन्धपत्र र नियमावलीमा संशोधन गरेपछि यी शेयर नेप्सेमा पनि सोहि अनुसर अभिलेख भएको हो । नेपाल स्टक एक्सचेन्ज नेप्सेले परिवर्तित शेयर सर्वसाधारण समुहमा अभिलेख गरिसकेको जनाएको छ।