पूँजी नपुगेका बीमा कम्पनीलाई थप ३ महिनाको अवसर, प्रक्रिया नै नथाल्ने नेपाल र प्रभूबारे के हुन्छ ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 23, 2023 | 03:14:21 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल बीमा प्राधिकरणले पूँजी पुर्याउन नसकेका बीमा कम्पनीहरुका लागि आउँदो तीन महिने अबसर प्रदान गरेको छ ।  गएको चैत मसान्तसम्ममा पुँजी पुर्याउन भनिए पनि धेरैले पुर्याएनन् । अब प्राधिकरणले २०८० असार मसान्तसमको समय दिएको छ ।

जीवन बीमा कम्पनीलाई न्युनतम ५ अर्ब र निर्जीवन बीमा कम्पनीलाई दुई अर्ब ५० करोड पूँजी पुर्याउनुपर्ने सीमा तोकिएको थियो । चैतसम्ममा चार कम्पनीले पुँजी पुरयाएका पाइएको छ । चैत मसान्तसम्म ४ वटा कम्पनीले मात्रै पुँजी पुर्याइसकेका छन् । जीवन बीमातर्फ नेपाल लाइफ इन्स्योरेन्स र निर्जीवनतर्फ शिखर, सिद्धार्थ प्रिमियर र सगरमाथा लुम्बिनी इन्स्योरेन्स छन् । प्रक्रियामै नगएकामा दुई कम्पनी नेपाल इन्स्योरेन्स र प्रभू इन्स्योरेन्स रहेको प्राधिकरणका प्रवक्ता राजुरमण पौडेलले बताए । 

विगतमा नेपाल इन्स्योरेन्सले आईएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्ससँग र प्रभु इन्स्योरेन्सले अजोडसँग मर्जरमा जान सहमत भएको थियो । यद्यपि स्वाप रेसियोमा कुरा नमिल्दा मर्जर प्रक्रिया असफल भयो । 

पछिल्लो समयमा आईएमई जनरल र प्रुडेन्सियल तथा अजोड र युनाइटेड मर्जको प्रक्रियामा छन् । तर नेपाल र प्रभू प्रक्रियामै नगएपछि प्राधिकरण यी दुई विरुद्ध कडाइका साथ कदम चाल्ने तयारीमा छ । 

थपिएको समयमा पनि पूँजी नपुगे फोर्स मर्जर या कारोबार घटाउनेमध्ये एक रणनीति अख्तियार हुन्छ । त्यसमध्ये प्राधिकरणको सोच फोर्स मर्जरको छ । 

केही कम्पनीहरु आइपीओ जारी गर्ने चरणमा पनि लागेका छन् । त्यसमा जीवन बीमा कम्पनीका धेरै छन् । सन नेपाल, आईएमई लाइफ, सिटिजन लाइफ, रिलायबल, महालक्ष्मी लाइफ इन्स्योरेन्सलगायत छन् । शेयरबाट सङ्कलित रकमले पूँजी वृद्धिमा योगदान गर्नेछ । कतिपय मर्जरमा गएर पनि पूँजी पर्याउन नसकेकाहरु छन् । त्यस्ता कम्पनीले हकमा हकप्रद शेयर जारी गर्न पाउने जनाइएको छ । प्राधिकरणका अनुसार ३३ प्रतिशतसम्म त्यसरी जारी गर्न पाउँछन् । पूँजी वृद्धिको प्रयास नै नगर्नेहरुको हकमा हकप्रद जारी गर्न नपाउने प्राधिकरणले जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved