मर्ज भएका बीमा कम्पनीहरु भावनात्मक रुपमा पनि मिल्नुपर्छः अध्यक्ष सिलवाल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 28, 2023 | 05:30:19 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा कम्पनीहरुले बीमा गरेपछि दाबी भुक्तानी हुन्छ भन्ने कुरालाई तथ्याङ्कबाट नै स्पष्ट गर्नुपर्ने बताएका छन् । नेपाल बीमा प्राधिकरण कर्मचारी युनियनको तेस्रो महाधिवेशनको आज ललितपुरमा उद्घाटन गर्नुहुँदै अध्यक्ष सिलवालले पूँजी वृद्धिका लागि मर्जरमा गएका बीमा कम्पनीहरु भावनात्मक रुपमा समेत मिलेर अघि बढेमा खासै समस्या नआउने बताए । 

प्राधिकरणको पटक पटकको प्रयासबाट बीमा दाबी भुक्तानीमा सुधार आई गत आर्थिक वर्षमा करिव ४४ अर्ब बराबरको दाबी भुक्तानी भएको जानकारी दिँदै सिलवालले भने, “बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरुले आफ्नो अधिकार प्रयोग गर्नुप¥यो, अस्वस्थ प्रतिस्पर्धा गर्नु भएन, स्वस्थ प्रतिस्पर्धाका साथ अगाडि बढ्नुप¥यो, कर्मचारीहरु पनि दक्षता अभिवृद्धिका साथ कम्पनीमा सुशासन कायम गर्न, कम्पनीलाई अगाडि बढाउन लाग्नुप¥यो, कर्मचारीहरु चेन अफ कमाण्डमा बस्नुप¥यो, कम्पनीले मुनाफाको दुई प्रतिशत कर्मचारीको हक हितमा खर्च गर्नुप¥यो, त्यसो नभएमा कर्मचारीहरुले प्राधिकरणलाई जानकारी दिनुप¥यो ।”

अध्यक्ष सिलवालले बीमा कम्पनीहरु शहरी क्षेत्रमा मात्र केन्द्रित भएका कारण बीमाको आवश्यकता परेका व्यक्तिले बीमा गर्न नपाएकाले लघुबीमा कम्पनीहरु संचालनमा ल्याइएको स्पष्ट पार्दै बीमा कम्पनीका कर्मचारीहरुका एकैखालका समस्या भए समाधानका विकल्प सहित प्राधिकरणलाई जानकारी दिएमा त्यसलाई सम्बोधन गर्न प्राधिकरणले पहल गर्ने बताए । 

नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमाप्रतिको विश्वास बढ्ने गरी बीमा व्यवसायलाई मर्यादित बनाएर अघि बढाउन र कम्पनीमा सुशासन कायम गर्न कर्मचारीहरुले भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् ।

नेपाल बीमा प्राधिकरणका निर्देशक पूजन ढुङ्गेल (अधिकारी) ले संस्थालाई सफलरुपमा अघि बढाउन व्यवस्थापन र कर्मचारी संघ संस्थाहरु मिलेर अगाडि बढ्नुपर्ने बताए ।

कार्यक्रम नेपाल बीमा प्राधिकरण कर्मचारी युनियनका अध्यक्ष पूर्ण बहादुर थापाको सभापतित्वमा भएको थियो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved