३ बीमा कम्पनी मर्ज भएर हिमालयन लाइफ इन्स्योरेन्सको नामबाट एकिकृत कारोबार सुरु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 09, 2023 | 08:22:40 AM मा प्रकाशित

laxmi  sunrise bank

युनियन लाइफ इन्स्योरेन्स, प्राइम लाइफ इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स एक आपसमा मर्ज भएर आज वैशाख २६ गतेदेखि एकिकृत कारोबार सुरु गरेका छन् । मर्जर पछि हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको नामबाट एकिकृत कारोबार सुरु भएको हो 

युनियन र प्राइमको वैशाख ६ गते सम्पन्न विशेष साधारणसभा र गुराँसको सोहि दिन सम्पन्न वार्षिक साधारणसभाले मर्जर प्रस्ताव पारित गरेको थियो । बीमा प्राधिकरणले वैशाख १३ गते मर्जरको अन्तिम स्वीकृति दिएको थियो भने नेपाल धितोपत्र बोर्डले वैशाख १९ तथा कम्पनी रजिष्ट्रार कार्यालयले वैशाख २० गते मर्जरको लागि अन्तिम स्वीकृति प्रदान गरेको थियो । मर्जर पश्चात बन्ने कम्पनीको कर्पोरेट कार्यालय हाल प्राइमको कार्यालय रहेको स्थान हात्तिसारमा रहने छ । 

 यी ३ कम्पनी समान हैसियतमा मर्ज हुन लागेका हुन् ।  

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved