एक महिने अल्टिमेटम दिएर एक महिनापछि शुरु भयो कृषि बीमालेख, त्यसपछि के हुन्छ ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 20, 2023 | 04:31:53 PM मा प्रकाशित

नेपाल बीमक संघले पुन: कृषि बीमालेख जारी गर्ने कार्य सुचारु गरेको छ । संघका महासचिव अशोक कुमार खड्काले २०८० साल अषाढ मसान्त सम्मको लागि आजैका मितिदेखि बीमालेख जारी गर्ने कार्य सुचारु गरिएको बताए। 

सरकारले लामो समयदेखि बीमकहरुले अनुदान रकम नदिएको भन्दै संघले गत जेठ ७ गतेदेखि  कृषि सम्बन्धी बीमालेख जारी गर्न बन्द गरेको थियो । यस विषयमा  कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसालको अध्यक्षतामा मन्त्रालयका दुवै सचिवहरुको संयुक्त सहभागीतामा बसेको बैठकले अनुदान रकम तत्काल उपलब्ध गराउने प्रतिवद्दता जनाएपछि कृषि बीमालेख जारी गर्ने कार्य सुचारु गरिएको संघका महासचिव खड्काले जानकरी दिए।   

यदि असार मसान्तसम्म अनुदान रकम प्राप्त नभएमा पुनःबीमालेख बन्द गरिने संघले जनाएको छ। संघले नेपाल सरकार , कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतका विभागहरु तथा नेपाल बीमा प्राधिकरणलाई कृषि बीमा वापतको अनुदान तत्काल उपलब्ध गराउन सहजता अपनाई पहल गरि दिन समेत अनुरोध गरेको छ। 

नेपाल सरकारले २०६९ सालदेखि कृषक र कृषिलाई प्राथमिकता दिई कृषि बीमाशूल्कमा क्रमशः अनुदान दिँदै आएको थियो । संघका अनुसार २०७७ सालदेखि कृषि बीमाको अनुदान करिब रु ३ अर्ब बाँकी रहेको छ। बीमकहरुले अनुदान रकम पाउन बारम्बार पहल गर्दा समेत विभिन्न बहानामा अनुदान रोकिएको भन्दै बीमकहरुले नयाँ बीमालेख जारी गर्न बन्द गरेका थिए ।  

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved