रिलायबल नेपाल लाइफ इन्स्योरेन्स सातौ वर्षमा प्रवेश

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 01, 2023 | 06:52:18 PM मा प्रकाशित

laxmi  sunrise bank

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी जीवन बीमा कारोवार शुरु गरेको ६ वर्ष पुरा गरी सातौं वर्षमा प्रवेश गरेको छ  । वार्षिकोत्सवको अवसरमा कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गतका विविध कार्यक्रम गरेको छ  ।

कम्पनीले केन्द्रीय कार्यलय,बुटवल र दमक शाखाहरुमा रक्तदान, समता गुठीलाई नगद सहयोग, मन्दिर सर—सफाई, विभिन्न वृद्घआश्रममा खाध्य सामाग्रीहरु वितरण, विद्य।लयमा स्टेस्नरी सामन वितरण,  वृक्षारोपण लगायतका कार्यक्रम गरेको जनाएको छ ।

 हाल सम्मको उपलब्धीवाट थप कार्य गर्नको लागी उर्जा प्राप्त भएको उल्लेख गर्दै कम्पनीले भविष्यमा अझ ठुलो  जिम्मेवारी वहन गर्नको लागी थप प्रेरणा प्राप्त हुने अपेक्षा गरेको उल्लेख गरेको छ । आगामी दिनमा सेवालाई उच्च प्राथमिकता राखी, थप ग्राहक मैत्री भई उत्कृष्ठ कारोवार गर्ने प्रतिबद्दता समेत कम्पनीले जनाएको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved