निर्जीवन लघु बीमा कम्पनीले दुई महिनामा बेचे १०७ वटा पोलिसी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 04, 2023 | 08:55:01 AM मा प्रकाशित

laxmi  sunrise bank

निर्जीवन लघु बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको दुई महिनामा एक सय सात वटा बीमालेख जारी गरेका छन् । चालु आवको साउन र भदौमा दुई वटा निर्जीवन लघु बीमा कम्पनीहरुले एक सय सात वटा पोलिसी विक्री गरेको नेपाल बीमा प्राधिकरणले जनाएको छ । 

प्राधिकरणका अनुसार उक्त पोलिसी बिक्रीबाट कम्पनीहरुले कुल तीन लाख ९५ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । दुई निर्जीवन लघु बीमा कम्पनीहरु नेपाल माईक्रो इन्स्योरेन्स कम्पनी र प्रोटेक्टिभ माईक्रो इन्स्योरेन्सले साउनको भन्दा भदौमा धेरै पोलिसी बिक्री गरेका छन् । उक्त कम्पनीहरुले साउनमा जम्मा २० वटा मात्र पोलिसी विक्री गर्दा भदौमा ८७ वटा बेचेका छन् । जसमध्ये नेपाल माईक्रोले ६६ वटा पोलिसी बेच्दा प्रोटेक्टिभले ४१ वटा पोलिसी विक्री गरेको छ । 

नेपाल माईक्रोले साउनमा १२ र भदौमा ५४ वटा पोलिसी बिक्री गरेको तथ्यांकमा उल्लेख छ । त्यसैगरी प्रोटेक्टिभले साउनमा ८ र भदौमा ३३ वटा पोलिसी विक्री गरेको प्राधिकरणको तथ्यांकले देखाउँछ ।

पोलिसी विक्री गरेर दुई महिनामा नेपाल माईक्रोले दुई लाख ७६ हजार रुपैयाँ बीमाशुल्क संकलन गर्दा प्रोटेक्टिभले एक लाख १९ हजार रुपैयाँ संकलन गरेको छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved