आईआईएनको शेयर हिमालयन रिलाई पनि दिने तयारी, इन्स्योरेन्सको एमबीए कोर्स सुरु गर्दै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 11, 2023 | 10:50:32 PM मा प्रकाशित

laxmi  sunrise bank

इन्स्योरेन्स  ईन्स्टिच्यूट अफ नेपाल (आईआईएन) ले हालसम्म ५६ सय बढीलाई तालिम प्रदान गरेको छ । बीमा क्षेत्रका कर्मचारीहरुलाई तालिम दिन र दक्ष जनशक्ति विकास गर्ने परिकल्पना सहित २०७५ साल साउन ६ गते आईआईएन स्थापना भएको थियो।

तल्कालिन अवस्थाको नेपाल बीमा समितिको २२ प्रतिशत लगानी र बाँकी ७८ प्रतिशत बीमा कम्पनीहरुको लगानीमा आईआईएन स्थापना भएको थियो । आईआईएनले स्थापना भएकै दिनबाट तालिम दिन सुरु गरेको थियो । स्थापनाको कै दिन तत्कालिन बीमा समितीका १७ जना कर्मचारीलाई तालिम दिदैँ आईआईएनले सेवा सुरु गरेको थियो । 

त्यसको ६ महिना पछि अर्थात् २०७५ माघ ८ गते आईआईएन पब्लिक कम्पनीको रुपमा दर्ता भयो । माघ १० गते कम्पनी रजिष्टार कार्यलयबाट स्वीकृती पाएसँगै ईन्स्टिच्यूटको नाम पनि परिवर्तन भयो। त्यस अघिसम्म ईन्स्योरेन्स ट्रेनिङ्ग ईन्स्टिच्यूटको रहेकोमा २०७५ माघ १० पछि ईन्स्योरेन्स ईन्स्टिच्यूट नेपाल (आईआईएन) मा परिणत भएको हो । तत्कालिन अवस्थामा बीमा समितीकै भवन परिसरबाट सेवा दिएको आईआईएन २०७७ सालदेखि नक्सालबाट सेवा प्रदान गरिरहेको छ । 

२०७७ सालमा सम्पन्न दोस्रो वार्षिक साधारण सभाले कम्पनीको चुक्ता पुँजी ५ करोड पुर्याउने निर्णय गर्यो । सोहि अनुरुप एक बराबर चारका दरले हकप्रद निष्काशन गरेर कम्पनीको चुक्ता पुँजी ५ करोड पुग्यो । २०७९ सालमा भएको कम्पनीको चौथो साधारणसभाले फेरी पुँजी बढाएर २० करोड पुर्याउने निर्णय पारित गर्यो । 

अहिले कम्पनीको चुक्ता पुँजी १८ करोड ८८ लाख ५५ हजार रहेको छ । जसमा बीमा प्राधिकरण, २८ वटा बीमा कम्पनीहरु र नेपाल पुनर्बीमा कम्पनीको लगानी छ । हिमालयन पुनर्बीमा कम्पनीलाई पनि लगानीकर्ताको रुपमा भित्र्याउने सहमति भईसकेको कम्पनीका सचिव गणेश शर्माले बताए। उनका अनुसार नेपाल पुनर्बीमा कम्पनीको ४७ लाख ८० हजार लगानी छ । सोहि बराबर शेयर हिमालयन रिलाई दिने सम्झौता भएको उनले उल्लेख गरे। बाँकी ६३ लाख ६६ हजार रुपैयाँ बराबरको शेयर कसले लिने भन्ने छलफल भईरहेको कम्पनी सचिव सर्माले बताए।  

कम्पनीले हालसम्म ५ हजार ६ सय जना बीमा क्षेत्रका कर्मचारीलाई तालिम दिई सकेको जनाएको छ । कम्पनीले बीमा अभिकर्ता, सर्भेयर देखि बीमा कम्पनीका उच्च पदस्थ कर्मचारीहरुलाई तालिम दिइसकेको छ । यस्तै, बीमा सञ्चालकहरुलाई पनि तालिम दिने गरेको शर्मा बताउँछन् । हालसम्म २० जना सञ्चालकहरुलाई तालिम दिएको उनले बताए । उनका अनुसार एक हजार १६० जना सर्भेयरले र २०० जना बढी अभिकर्ताले आईआईएनबाट तालिम लिई सकेका छन् । विशेषगरी अभिकर्तादेखि डिपार्ट हेडसम्मलाई तालिम दिने गरेको शर्मा बताउँछन् । उनका अनुसार अधिकांश तालिम भने नयाँ कर्मचारीहरुको लागि संचालन हुने गरेको छ । यस्तै प्राधिकरणका कर्मचारीहरुलाई पनि तालिम दिएको उनको भनई छ । शर्माका अनुसार कम्पनीले बीमाका कर्मचारीहरुलाई आवश्यकता अनुसार सम्बन्धित विषयको तालिम दिने गर्दछ । 

बीमा क्षेत्रका कर्मचारी अलवा कम्पनीले बैंकका कर्मचारी र विद्यार्थीलाई पनि तालिम दिई सकेको उनले जानकारी दिए । उनका अनुसार कम्पनीले राष्ट्रिय वाणिज्य बैंकका ५० जाना अफिसर कर्मचारीहरुलाई तालिम दिएको छ । उनीहरुलाई बीमा सम्बन्धी विषयम नै तालिम दिएको उनको भनाई छ । 

यसैगरी हिमालयन ह्वाईट हाउस कलेजका १२ सकेका १०० जना विद्यार्थीले पनि तालिममा भाग लिई सकेको उनको भनाई छ । उनीहरुलाई बीमा सचेतना तालिम दिईएको हो । आईआईएनले सातै प्रदेशका मूख्य सहरहरुमा गएर तालिम दिएको छ । कर्णालीमा समेत गएर तालिम दिइसकेको शर्मा बताउँछन् । 

तालिम दिनको लागि कम्पनीले विज्ञहरु आमन्त्रण गर्ने गरेको उनले बताए । बीमा कम्पनीमा आवद्ध वा कम्पनीको माथिल्लो तहमा रहेर काम गरिरहेका विज्ञहरुलाई तालिम दिनको लागि आमन्त्रण गर्ने गरेको उनको भनाई छ । यसका अलवा हर्चुअल माध्यमबाट भारतको भारतीय बीमा संस्थामा आवद्ध विज्ञहरुले पनि तालिम दिएको उनले बताए । कम्पनीले भारतीय बीमा संस्थासँग सम्झौता नै गरिसकेको छ । सम्झौतामा आईआईएनले दिने तालिममा सकेसम्म भारतीय बीमा कम्पनीले समेत आफ्ना प्रशिक्षक उपलब्ध गराईदिने उल्लेख छ । त्यसैगरी, आईआईएनले दिएको तालिमलाई भारतीय संस्थाले मान्यता दिने सम्झौता भएको शर्माले बताए । आईआईएनले भविष्यमा अमेरिका लगायत अन्य देशका संस्थासँग पनि सम्झौता गर्ने योजना बनाईएको छ। 

यसैगरी, ट्रेनिङ्ग अफ ट्रेनर (टीओटी) कोर्स पनि सञ्चालन गर्ने योजना रहेको सचिव शर्मा बताउँछन् । टीओटी भन्नाले प्रशिक्षक बन्नका लागि दिईने तालिम हो । यो तालिमको लागि भारतबाट विज्ञहरु ल्याउने उनको भनाई छ । 

त्यसैगरी, मास्टर्स तहमा इन्योरेन्स अर्थात्  एमबीए ईन ईन्स्योरेन्स कोर्स पनि सुरु गर्ने तयारी गरेको उनले बताए । जसका पोखरा विश्वविद्यालयमा सम्बन्धन प्राप्तिका लागि निवेदन समेत दिईसकेको उनको भनाई छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved