बीमा कम्पनीको लाभांशमा कडाई, अब यी ६ शर्त पुरा गर्नुपर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 12, 2023 | 02:05:05 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल बीमा प्राधीकरणले बीमा कम्पनीहरुलाई लाभांश घोषणाका लागि विभिन्न शर्त अघि सारेको छ । प्राधीकरणले जारी गरेको बीमकको वित्तीय विवरण सम्बन्धी निर्देशिका, २०८० अनुसार बीमा कम्पनीहरुले वितरणयोग्य मुनाफाबाट लाशाश घोषणा गर्नुअघि विभिन्न ६ शर्त पुरा गर्नुपर्ने भएको हो । 

निर्देशिका अनुसार अब बीमा कम्पनीले लाभांश घोषणा गर्नुअघि बीमक समस्याग्रस्त घोषणा नभएको, ऐनको दफा ४३ को १ बमोजिम अवस्था विद्यमान नरहेको, प्राधीकरणले बीमकको व्यवसाय आंशिक वा पूर्ण रोक नलगाएको, ऐनको दफा ३६, ३८, ३९, ४०, ४१ र ४२ पूर्ण पालना गरेको हुनुपर्नेछ । 

त्यसैगरी, व्यवस्थापनबाट प्रमाणित गरिएको वित्तीय विवरण साथै लेखा परीक्षकको प्रारम्भिक प्रतिवेदन र बीमा संचालक समितिले पेश गरेको जवाफ खुलाई स्वीकृतिका लागि प्राधीकरणमा पेश गर्नुपर्नेछ । 

वितरणयोग्य मुनाफा मै कसिलो व्यवस्था

जारी निर्देशिकामा बीमा कम्पनीहरुको जोखिम सम्बन्धी मूल्यांकनलाई विशेष महत्व दिएर कम्पनीहरुको वितरणयोग्य मुनाफामा अंकुश लगाइएको छ । निर्देशनको १६ नम्बर बुँदामा बीमक अर्थात कुनै बीमा कम्पनीले पब्लिक कम्पनीमा लगानी गरेको भए उक्त कम्पनी तीन वर्षसम्म धितोपत्र बजारमा सुचीकृत नभए लगानी बराबरको रकम वितरण योग्य मुनाफाबाट घटाउनुपर्ने व्यवस्था गरिएको छ । त्यस्तै शेयर वा म्युचुअल फण्डमा गरेको लगानी प्रचलित कानून बमोजिम धितोपत्र बजारको सूचीबाट हटेमा वित्तीय विवरणमा लेखाङ्कन गरेको लगानीको रकमलाई वितरण योग्य मुनाफा गणना गर्दा घटाउनुपर्ने प्रावधान समेत निर्देशिकामा छ । 

निर्देशन नम्बर १७ मा बीमकले प्रवाह गरेको कुनै कर्जाको भाखा नाघेमा सो रकम बराबरको रकम वितरण योग्य मुनाफाबाट घटाउनु पर्ने प्रावधान छ । अन्य आयको विवरणमा समायोजन भई सिर्जना भएका कोषहरुको कुल योगफल ऋणात्मक भएमा बीमा कम्पनीको वितरणयोग्य मुनाफा गणना गर्दा सो बराबरको रकम घटाउनुपर्ने व्यवस्था समेत गरिएको छ । 

त्यस्तै निर्देशनमा बीमा कम्पनीहरुका लागि विभिन्न ६ किसिमका कोषको व्यवस्था गर्दै उक्त कोषमा रकम सारेर मात्रै वितरण योग्य मुनाफा गणना गर्नुपर्ने उल्लेख गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved