नेशनल लाईफले गर्यो भुकम्पनबाट क्षतिग्रस्त विद्यालयलाई आर्थिक सहयोग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 27, 2023 | 07:24:23 PM मा प्रकाशित

laxmi  sunrise bank

नेशनल लाईफ इन्स्योरेन्सले पुस्तकालाय निर्माणका लागि आर्थिक सहयोग गरेको छ । कम्पनीले असोज १६ गते आएको भुकम्पबाट क्षतीग्रस्त बझाङको जयपृथ्वी नगरपालिका ४ स्थित श्री बाल विकास माध्यामिक विद्यालयको पुस्तकालय पुनर्निर्माणका आर्थिक सहयोग गरेको हो ।

विद्यालयको प्राङ्गाणमा सम्पन्न एक कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले सो विद्यालयका प्रधानाध्यापकलाई आर्थिक सहयोग हस्तान्तरण गरेका थिए । सहयोग हस्तान्तरण गर्दै प्रमुख कार्यकारी अधिकृत खत्रीले कम्पनीको सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालयलाई सहयोग गर्न पाउँदा आफूलाई खुशी लागेको बताउए । यस्तै उनले उक्त सहयोगबाट पुस्तकालय पुनर्निर्माणमा विद्यालयलाई केही हद सम्म भएपनि राहत मिल्ने धारण व्यक्त गरे ।

कार्यक्रममा विद्यालयका प्रधानाधयापक केशर बहादुर खातीले शिक्षाका लागि कम्पनीले यस विद्यालयमा गरेको आर्थिक सहयोगबाट पुस्तकालाय पुनर्निर्माण गरिने जानकारी दिए ।  आर्थिक  सहयोग प्रदान गरेकोमा कम्पनीलाई र आफ्नो विद्यालयसम्म आई सहयोग हस्तान्तरण गर्ने प्रमुख कार्यकारी अधिकृत खत्रीलाई विद्यालयको तर्फबाट धन्यवाद ज्ञापन गरे ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गगन बहादुर खातीको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved