चालु आर्थिक वर्ष २०८०/०८१ को पहिलो त्रैमास(साउन, भदौ र असोज)मा जीवन लघु बीमा कम्पनीहरुले ३० लाख रुपैयाँ बढी बीमाशुल्क संकलन गरेका छन् । चालु आवको तीन महिनामा २ वटा लघु जीवन बीमा कम्पनीहरुले ३० लाख ७० हजार रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको नेपाल बीमा प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार गार्डियन माईक्रो लाईफले १९ लाख ३१ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । त्यसैगरी, क्रेष्ट माईक्रो लाईफले ११ लाख ३९ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको प्राधिकरणको तथ्यांकले देखाउँछ ।
पहिलो त्रैमासको अन्त्यसम्ममा यी दुई कम्पनीहरुको २ हजार ७ सय ३१ वटा बीमालेख सक्रिय रहेको छ । जसमध्ये गार्डियनको १ हजार ७ सय ४१ र क्रेष्टले ९ सय ९० वटा बीमालेख सक्रिय रहेको छ ।
यो तीन महिनामा यी कम्पनीहरुले कुल २ हजार ४ सय १३ वटा बीमालेख जारी गरेका छन् । जसमध्ये गार्डियनले १ हजार ५ साय १५ र क्रेष्टले ८ सय ९८ वटा बीमालेख जारी गरेको हो ।