पहिलो त्रैमासमा निर्जीवन कम्पनीको नाफा एक अर्ब, धेरै कमाउनेमा नेपाल ईन्स्योरेन्स अगाडी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 29, 2023 | 10:13:24 AM मा प्रकाशित

laxmi  sunrise bank

चालु आर्थिक वर्ष २०८०/०८१ को पहिलो त्रैमास (साउन देखि असोजसम्म)मा निर्जीवन बीमा कम्पनीहरुले करिब एक अर्ब रुपैयाँ खुद नाफा कमाएका छन् । चालु आवको यो तीन महिनामा १४ वटा निजीर्वन बीमा कम्पनीहरुले ९७ करोड ९२ लाख ८७ हजार रुपैयाँ खुद नाफा कमाएका हुन् । 

गएको आर्थिक वर्ष २०७९/०८० को पहिलो त्रैमासको तुलनामा चालु आवको पहिलो त्रैमासमा उक्त कम्पनीहरुले १७.५२ प्रतिशत बढी खुद नाफा आर्जन गरेका हुन् । गत वर्षको सोही अवधिमा यस्तो नाफा ८३ करोड ३३ लाख २६ हजार रुपैयाँ आर्जन गरेका थिए । चालु आवमा सो भन्दा १४ करोड ५९ लाख ६० हजार रुपैयाँ बढी खुद नाफा आर्जन भएको कम्पनीहरुले जारी गरेको विवरणमा उल्लेख छ । 

यसरी प्रतिशतका हिसावले धेरै नाफा बढाउनेमा यूनाईटेड अजोड ईन्स्योरेन्स रहेको छ । जसले गत चालु आवको तुलनामा १८० प्रतिशतले नाफा वृद्धि गरेको छ । गत वर्षको सोही अवधिमा यूनाईटेड अजोडले १ करोड ३८ लाख २० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । चालु आवमा कम्पनीले खुद नाफा २ करोड ४८ लाख ७९ हजार रुपैयाँ बढाएर ३ करोड ८६ लाख ९९ हजार रुपैयाँ पुर्याएको छ । 

यसैगरी प्रतिशतकै आधारमा दोस्रो धेरै नाफा बढाउनेमा राष्ट्रिय बीमा कम्पनी रहेको छ भने तेस्रो नम्बरमा नेको ईन्स्योरेन्स रहेको छ । यी कम्पनीहरुले क्रमशः १५५ र १४९ प्रतिशत भन्दा धेरैले नाफा बढाएका छन् । त्यसैगरी, नेपाल ईन्स्योरेन्सले १३५ प्रतिशत, सगरमाथा लुम्बिनीले ९२ प्रतिशत र सिद्दार्थ प्रिमियमले ७६ प्रतिशत भन्दा धेरै नाफा बढाएका छन्। 

 यो अवधिमा २ वटा बीमा कम्पनीको नाफा खस्किएको । ओरिएन्टल ईन्स्योरेन्स र नेशनल ईन्स्योरेन्सको नाफा गत आवको सोही अवधिका तुलनामा भारी गिरावट देखिएको छ । ओरिएन्टलको नाफामा ७० प्रतिशतले गिरावट आउँदा नेशनलको नाफा ९७ प्रतिशतले खुम्चिएको त्रैमासिक प्रतिवेदनले देखाएको छ । 

गत आवको सोही अवधिमा यी कम्पनीहरुको नाफा उल्लेख्य रहेको थियो । गत आवको पहिलो त्रैमासमा ओरिएन्टलको खुद नाफा ५ करोड ९ लाख २८ हजार थियो । चालु आवको सोहि अवधिमा सो कम्पनीको नाफ जम्मा १ करोड ४९ लाख ८ हजार रुपैयाँ रहेको छ । त्यसैगरी नेशनलको गत आवको पहिलो त्रैमासमा १४ करोड ६१ लख ७६ हजार थियो । चालु आवको सोहि अवधिमा जम्मा ३ करोड ७५ लाख ८४ हजार रुपैयाँ रहेको छ । 

यसैगरी पहिलो त्रैमासमा रकमको आधारमा सबैभन्दा धेरै खुद नाफा कमाउनेमा कम्पनीको पहिलो नम्बरमा नेपाल ईन्स्योरेन्स रहेको छ । जसले यो तीन महिनामा १४ करोड ६१ लख ७६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । त्यसैगरी, त्यसैगरी सिद्दार्थले १४ करोड ६१ हजार र राष्ट्रिय बीमा कम्पनीले १३ करोड ७६ लाख ६५ हजार रुपैयाँ खुद नाफा आर्जन गर्दै दोस्रो र तेस्रो स्थानमा रहेका छन् । 

नेटवर्थ

यस्तै नेटवर्थको धेरै भएको कम्पनीको रुपमा राष्ट्रिय बीमा कम्पनी रहेको छ । जसको १ हजार  ५५०.२९ नेटवर्थ रहेको छ । त्यसैगरी, सिद्दार्थको २६१.३९ र सगरमाथा लुम्बिनीको २२९.६ रहेको छ । यसैगरी, नेकोको २११.७१ त्था एनएलजीको २०८.०२ रहेको छ । 

हेर्नुस् कुन कम्पनीको नाफा कति ?

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved