४ महिनामा जीवन बीमा कम्पनीले संकलन गरे ५० अर्ब, कुनको कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 29, 2023 | 03:49:08 PM मा प्रकाशित

laxmi  sunrise bank

चालु आर्थिक वर्ष २०८०/०८१ को पहिलो ४ महिना (साउन देखि कार्तिकसम्म) मा जीवन बीमा कम्पनीहरुले करिब आधा खर्ब बीमाशुल्क आर्जन गरेका छन् । यो ४ महिनामा १४ वटा जीवन बीमा कम्पनीहरुले ४९ अर्ब ४३ करोड ६२ लाख ८४ हजार रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका हुन् । 

यसरी बीमाशुल्क संकलन गर्नेहरुको सूचीनमा नेपाल लाईफ ईन्स्योरेन्स अर्गस्थानमा रहेको छ । नेपाल लाईफले यो अवधिमा १३ अर्ब ४३ करोड ७६ लाख ९४ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । त्यसैगरी, बीमाशुल्क संकलन गर्ने सूचीको दोस्रो नम्बरमा लाईफ ईन्स्योरेन्स करपोरेशन नेपाल तथा तेस्रो नम्बरमा हिमालयन लाईफ रहेको छ । यी कम्पनीहरुले क्रमशः ५ अर्ब ५६ करोड ५९ लाख र ५ अर्ब ३६ करोड ५६ लाख रुपैयाँ बढी बीमाशुल्क संकलन गरेको नेपाल बीमा प्राधिकरणले जनाएको छ । 

प्रधिकरणका अनुसार नेशलन लाईफले ५ अर्ब २९ करोड ३५ लाख, राष्टिय बीमा कम्पनीले ४ अर्ब २३ करोड १ लाख र सूर्यज्योती लाईफले २ अर्ब ७६ करोड २१ लख रुपैयाँ बढी कुल बीमाशुल्क आर्जन गरेका छन् । 

यसरी बीमाशुल्क आर्जन गर्ने कम्पनीमा सन नेपाल लाईफ सबैभन्दा पुछारमा रहेको छ । सन लाइफले यो अवधिमा एक अर्ब १२ करोड ८२ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । सनलाई उछिन्दै रिलायबलले १ अर्ब २१ करोड २६ लाख बीमाशुल्क आर्जन गरेको छ । 

यो ४ महिनामा कुन कम्पनीले कति बीमाशुल्क आर्जन गरे ?



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved