लघु जीवनबीमा कम्पनीले गरे ५० लाखको व्यापार, लिवर्टीले पनि थाल्यो कारोबार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 29, 2023 | 05:42:51 PM मा प्रकाशित

laxmi  sunrise bank

चालु आर्थिक वर्ष २०८०/०८१ को पहिलो ४ महिना (साउन देखि कार्तिकसम्म)मा लघु जीवन बीमा कम्पनीहरुले करिब ५० लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । यो ४ महिनामा लघु जीवन बीमा व्यवसाय गर्ने ३ वटा कम्पनीले ४८ लाख ७८ हजार रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका हुन् । 

जसमध्ये २७ लाख ७० हजार गार्डियन माईक्रो लाईफले र २० लाख ३६ हजार रुपैयाँ बीमाशुल्क क्रेष्ट माईक्रो लाईफले संकलन गरेको बीमा प्राधिकरणले जनाएको छ । त्यसैगरी लिवर्टी माईक्रो लाईफले ७२ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । यो कम्पनीले कार्तिक महिनादेखि कारोबार सुरु गरेको हो । 

प्राधिकरणका अनुसार यी ३ कम्पनीको ५ हजार १७८ वटा बीमा पोलिसी कार्तिक मसान्तसम्म सक्रिय रहेको छ । जसमध्ये २ हजार ८८० वटा पोलिसी गार्डियनको सक्रिय रहेको छ भने क्रेष्टको २ हजार २३५ वटा पोलिसी सक्रिय रहेको छ । त्यसैगरी लिवर्टीको ६३ वटा पोलिसी सक्रिय रहेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved