स्पष्टिकरणपछि प्रभु महालक्ष्मीका सीइओ भट्टराईले दिए राजीनामा, प्रसाईंलाई निमित्त

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 25, 2024 | 11:22:59 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले निमित्त प्रमुख कार्यकारी अधिकृतमा सन्तोष प्रसाईं चयन भएका छन्। कम्पनीको बुधबार बसेको संचालक समितिको बैठकले हाल कम्पनीको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत रहेका  प्रसाईंलाई  निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको हो ।

कम्पनीका सीइओ रमेश कुमार भट्टराईले सीईओ पदबाट राजीनामा दिएपछि प्रसाईंलाई संचालक समितिको बुधबारको बैठकले निमित्त सीईओको जिम्मेवारी दिएको हो। भट्टराई गैरकानुनीरुपमा सीईओ बनेको भन्दै नेपाल बीमा प्राधिकरणमा उजुरी परेको थियो । त्यसको जवाफ माग्दै प्राधिकरणले कम्पनीलाई स्पष्टिकरण सोधेको थियो । प्राधिकरणले पत्र पठाएको भोलिपल्ट बुधबार भट्टराईले राजीनामा दिएका हुन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved