बीमा प्राधिकरणले बनायो एक्चुरी नियुक्ति सम्बन्धि मार्गदर्शन, सुझाव दिन आग्रह

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 25, 2024 | 05:46:24 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल बीमा प्राधिकरणले बीमक बीमांकी(एक्चुरी) नियुक्ति सम्बन्धि मार्गदर्शनको मस्यौदा तयार पारेको छ । प्राधिकरणले बिहिबार मस्यौदा सार्वजनिक गर्दै राय, सुझाव र सल्लाह दिन अनुरोध गरेको छ । 

उक्त एक्चुरी नियुक्ति सम्बन्धी मार्गदर्शन, २०८० को मस्यौदा प्राधिकरणले वेवसाईटमा सार्वजनिक गरेको छ । प्राधिकरणले माघ २१ गतेसम्म राय सुझाव दिन आग्रह गरेको छ। 

नेपालमा एक्चुरी पढाई नहुँदा बीमा क्षेत्रमा ठुलो यसको अभाव ठुलो छ । पछिल्लो समय त्रिभुवन विश्वविद्यालयमा यस सम्बन्धी पढाई सुरु भएको भएतापनि त्यसलाई बीमा प्राधिकरणले मान्यता दिएको छैन । प्राधिकरणले एक्चुरी एक प्रोफेशनल कोर्स भएकाले टियूमा पढेकै आधारमा एक्चुरी मान्न नसकिन्ने जनाउँदै आएको छ । 

नेपालको बीमा क्षेत्रमा भारत तथा अन्य मुलुकबाट बीमांकीय मूल्याङन गराइन्छ । जसले गर्दा वार्षिक प्रतिवेदश समयमा तयार नहुने स्वयम प्राधिकरणले उल्लेख गरेको छ । यस्तो भएतापनि नेपालकै केहि बीमा कम्पनीहरुले भने समयमा नै बीमांकीय मूल्याङन गरेको रेकर्ड पनि छ ।

यहाँ क्लिक गरेर मार्गदर्शन हेर्न सकिन्छ 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved