६ महिनामा निर्जीवन बीमा कम्पनीले गरे १९ अर्बको व्यवसाय, शिखर इन्स्योरेन्स शिर्ष स्थानमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 25, 2024 | 06:04:44 PM मा प्रकाशित

laxmi  sunrise bank

चालु आर्थिक वर्षको पहिलो ६ महिनामा निर्जीवन बीमक कम्पनीहरुले १९ अर्ब बढी व्यापार गरेका छन् । यो अवधिमा १४ वटा निर्जीवन बीमक कम्पनीहरुले यो अवधिमा १९ अर्ब ३९ करोड ६० लाख रुपैयाँ बढी बीमाशुल्क संकलन गरेका छन् । 

यसरी धेरै बीमाशुल्क संकलन गर्ने सूचिको पहिलो स्थानमा शिखर ईन्स्योरेन्स रहेको छ। शिखरले यो अवधिमा २ अर्ब २४ करोड ७ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । त्यसैगरी, सगरमाथा लुम्बिनी इन्स्योरेन्सले २ अर्ब ३४ करोड ७१ लाख बीमाशुल्क संकलन गर्दा सिद्दार्थ प्रिमियरले १ अर्ब ९७ करोड २६ लाख रुपैयाँ संकलन गरेको नेपाल बीमा प्राधिकरणले जनाएको छ । 

यसैगरी, हिमालयन एभरेष्ट, आईजीआई प्रुडेन्सीयल, नेको, युनाईटेड अजोड, एनएलजी र सानिमा जीआईसीले क्रमशः १ अर्ब ६७ करोड ७४ लाख, १ अर्ब ६६ करोड १२ लाख, १ अर्ब ६१ करोड २९ लाख, १ अर्ब ३० करोड ६४ लाख, १ अर्ब २५ करोड ३० लाख र १ अर्ब १५ करोड २ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । 

हेर्नुस् कुनको कति ?



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved