सन नेपाल लाईफ इन्स्योरेन्सले व्यतित बीमालेख पुनर्जागरण गराउँदा बिलम्ब शुल्कमा छुट दिने भएको छ । कम्पनीले व्यतित बीमालेख पुनर्जागरण अर्थात नविकरण गर्दा ७५ प्रतिशत छुट दिने जनाएको छ ।
कम्पनीका अनुसार २०८० फागुन १ गतेदेखि फागुन ३० गतेसम्मसम्म पुनर्जागरण गराएमा बिलम्ब रकममा छुट पाइने छ । कम्पनीले मंगलबार एक सूचना जरी गर्दै
समयमा बीमाशुल्क भुक्तानी हुन नसकी ब्यतित भएका बीमालेखहरुमा छुट सुविधा दिने जनाएको हो ।
यस्तो छुट बीमा अवधिभर एक पटकमात्रै उपयोग गर्न सकिने र २०८१ चैत मसान्तसम्म परिपक्व हुने बीमालेखहरुमा यस सुविधा लागू हुने पनि कम्पनीले स्पष्ट पारेको छ ।