लघु जीवन बीमा कम्पनी मध्ये व्यवसायमा क्रेष्ट माइक्रो सबैभन्दा अगाडी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 22, 2024 | 07:25:10 PM मा प्रकाशित

laxmi  sunrise bank

चालु आर्थिक वर्षको ७ महिनामा लघु जीवन बीमा कम्पनीहरुले ४ करोड २२ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् । यो अवधिमा  ३ वटा लघु जीवन बीमकले उक्त बीमाशुल्क संकलन गरेका हुन् । 

जसमध्ये क्रेष्ट माईक्रो लाईफले धेरै कुल बीमाशुल्क संकलन गरेको छ । माघ मसान्तसम्म क्रेष्टले २ करोड ५८ लाख रुपैयाँ बीमाशुल्क संकलन गर्दा गार्डियन माईक्रो लाईफले १ करोड १३ लाख रुपैयाँ संकलन गरेको छ । यसैगरी, लिवर्टी माईक्रो लाईफले ४८ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको नेपाल बीमा प्राधिकरणले जनाएको छ । 

प्राघिकरणका अनुसार यी ३ कम्पनीहरुले माघ महिनामा मात्रै ६ हजार ७ सय ८३ वटा पोलिसि बेचेका छन् । सबैभन्दा धेरै पोलिसि क्रेष्टले नै बेचेको देखिएको छ ।

क्रेष्टले माघ महिनामा मात्रै ३ हजार ५३१ वटा पोलिसि बेच्दा गार्डियनले २ हजार ८३० र लिवर्टीले ४२२ वटा पोलिसि माघ महिना बेचेका हुन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved