गर्डियन माइक्रो लाइफका अध्यक्षले लिए शपथ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 25, 2024 | 07:00:19 PM मा प्रकाशित

laxmi  sunrise bank

गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स अध्यक्ष उदिप श्रेष्ठले शपथ ग्रहण गरेका छन् । अध्यक्ष श्रेष्ठले आइतबार नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य सिलवालसँग सपथ लिएका हुन् । 

फागुन ६ गते भएको कम्पनीको पहिलो वार्षिक साधारण सभाबाट आगामी चार वर्षे कार्यकालको लागि संस्थापक

शेयधनीहरुको तर्फबाट उदिप श्रेष्ठ, डा.जय प्रकाश जयसवाल, उदय नारायण भट्टराई, सि.ए. त्रिशिला झुनझुनवाला र स्वतन्त्र बिज्ञ

सञ्चालकमा प्रमोद प्रसाद भट्टरार्ई नियुक्त भएका थिए । कम्पनीको मिति २०८०/११/१० गते बसेको सञ्चालकको बैठकबाट

अध्यक्ष पदमा नियुक्त हुनु भएका श्रेष्ठले आज पद तथा गोपनियताको सपथ ग्रहण गरेका हुन् । 

सपथ ग्रहण कार्यक्रममा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेल र कम्पनीका प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारीको समेत उपस्थिति थियो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved