'नेपाली सर्भेयरहरु विदेशमा गएर पनि काम गर्न सक्ने गरि जनशक्ति तयार पार्छौ'

लक्ष्मण लम्साल

लक्ष्मण लम्साल

Feb 27, 2024 | 11:56:23 AM मा प्रकाशित

laxmi  sunrise bank

बीमा सर्भेयरको क्षेत्रमा ३ दशक बिताएका मोहन पुरुष ढकाल २०७८ पौषमा भएको अधिवेशनबाट पहिलो पटक बीमा सर्भेयर संघ नेपालको अध्यक्षमा निर्वाचित भए । त्यसपछि उनै ढकाल २ वर्षको कार्यकाल सम्पन्न गरेर फेरि संघको अध्यक्षमा दोहोरिएका छन् । 

फागुन ७ गते भएको नेपाल इन्स्योरेन्स सर्भेयर एसोसिएसन (निसा) को ९औ अधिवेशनबाट उनी दोस्रो कार्यकालका लागि निर्विरोध अध्यक्षमा निर्विरोध चयन भएका हुन्।  संघमा बसेर उनले गरेका कार्य, उनको भावि योजना र सर्भेयरहरुको समस्या लगायतको विषयमा बिजपाटीकर्मी लक्ष्मण लम्सालले ढकालसँग कुराकानी गरेका छन् । 

प्रस्तुत छ कुराकानीको सम्पादित अंशः

गत कार्यकालको समीक्षा र भावी योजना

 गत कार्यकालमा म अध्यक्ष बनेपछि हाम्रो एउटा टिम बनेको थियो । सो टिममार्फत मलाई १७ वटा कामको सूची प्राप्त भएको थियो । त्यो काम प्राय सबै सम्पन्न गरिएको छ । दुई तीन वटा केहि काम बाँकि थिए । ति क्रमश सम्पन्न हुँदै जान्छन्। 

अब आगामी दिनमा छरिएर रहेका सर्भेयरहरुलाई एउटै छातामुनि ल्याउने प्रयास गर्नेछु । अहिले हाम्रो संघ(निसा)मा ४ सय जना साथिहरु आवद्ध हुनुहुन्छ । तर, बीमा प्राधिकरणले लाईसेन्स दिएका करिब ४ सय जना सर्भेयरहरु बाहिर नै हुनुहुन्छ । उहाँहरुलाई संघमा आवद्ध गर्ने मेरो प्रयास रहन्छ । 

त्यसैगरी, संगठन चलाउनको लागि लेबिको व्यवस्था गर्दछु । हरेक सर्भेयरले गर्ने हरेक सर्भे वापतको पारिश्रमीकको २ प्रतिशत रुपैयाँ लेबिको रुपमा उठाउने व्यवस्था म गर्नेछु ।  सोहि अनुसार बीमा कम्पनीबाट १ प्रतिशत गरेर जम्मा ३ प्रतिशत रपैयाँ उठाउने व्यवस्था गर्ने मेरो सोच छ ।  लेबि उठाउँदा लेबि दिने सर्भेयरले पनि यो मेरो संस्था हो भन्ने अपनत्व महशुस गर्दछ । त्यसैगरी, बीमा कम्पनीको पनि अपनत्व रहन्छ । तर, लेबि भने अनिवार्य गर्ने छैनौ । 

यसैगरी, निसाको कार्यलय सञ्चालन लगायतका लागि नेपाल बीमा प्राधिकरणलाई वार्षिक रुपमा बजेट उपलब्ध गराईदिन पहल गर्नेछु । 

आजसम्म हामीले जतिपनि काम गर्यौ, हामीले सबै केन्दमा फोकस भएर गर्यौ । अब हामी प्रदेश प्रदेशमा गएर कार्यक्रम गर्नेछौँ । प्रदेशमा प्राधिकरणको पनि कार्यलयहरु स्थापना भइसकेको छ । प्राधिकरणकै हलहरुलाई प्रयोग गरेर हामी सर्भेयरलाई जनचेतनाको तालिम प्रदान गर्नेछौँ । जहाँ सर्भेयरले गर्न हुने र नहुने कार्य बारे, सर्भेयरले कसरी रिपोर्ट बुझाउने बारे, कतिबेला बुझाउने, कहिले बुझाउने लगायतका विषयमा सर्भेयरहरुलाई तालिम दिने व्यवस्था गर्ने छौँ । 

 अहिले हामीले हाम्रा संस्थापक सदस्यलाई सम्मान गर्यौँ। अब हरेक वर्ष वर्षमा हाम्रा आजीवन सदस्यलाई सम्मान गर्नेछौँ । 

  सर्भेयरहरुलाई पुनर्ताजकी तालिम पनि दिनैछौँ । स्ट्याण्डर्ड सर्भेयर रिपोर्ट बनाउँने तर्फ फोकस गर्छौ। यस्तै, यहाँका सर्भेयरले विदशमा गएर काम गर्न सक्ने हैसियत बनाउन तालिम गर्दछौँ । नेपालमा प्राकृतिक प्रकोप आयो भयो भने जापान, चाईना, जर्मन लगायतका देशहरुबाट सर्भेयर आउने गर्दछन् । त्यसैगरी हामी पनि विदेशमा गएर काम गर्न सक्ने गरी जनशक्ति तयार पार्छौ ।  त्यसको लागि विदेशमा गएर तालिम लिने व्यवस्था गर्ने छौ । राष्ट्रिय तह र अन्तराष्ट्रिय तहमा तालिम गर्ने छौ  । 

 सर्भेयरको समस्या 

पहिलो कुरा, एकद्वार प्रणालीमा नआउँदा सर्भेयरहरुले दुख भोग्नु परेको छ। किर्तिपुरको एक स्थानमा सर्भेयरले आफ्नो काम गरिरहँदा सादा पोशाकमा आएका ६ जना प्रहरीले सर्भेयरलाई कुटपिट गरेका नमिठो घटना हामी माझ छ। प्रहरीले थानामै लगेर पनि कुटेक छन् । ति सर्भेयर संघमा आवद्द रहेनछन् । यदि संघमा आवद्द भएको भए यसबारे सम्बन्धित निकायमा पत्राचार गर्न सकिन्थ्यो । संगठनमा हुँदाका धेरै फाइदाहरु हुन्छन् । सोहि कारण सबै सर्भेयर संघमा आवद्द हुनु पर्छ । 

दोस्रो विषय, सर्भेयरहरुलाई सर्भे गर्ने क्रममा हुने धेरै दुर्व्यवहार हुने गरेको छ। हामी पीडितको क्षतिको सर्भे गर्न र पीडितको दुखमा केहि मल्हम लगाउँन क्षति भएको स्थानमा जान्छौँ । त्यसरी हामी सर्भे गर्न जादाँ पीडित पक्षबाट दुर्व्यवहार हुने गर्दछ । जस्तो कि कुनै क्षति भएको ठाउँमा सर्भेयार पुग्छ । त्यहाँ कुन कुन कुराको दाबी पाउँछ कुन कुनको पाउँदैन नियम कानुन अनुसार नै सर्भेयरले पीडितलाई भन्ने गर्छ। पीडित पक्षले उक्त विषयको बारेमा पहिला राम्रोसँग नबुझेको पनि हुन सक्छ वा बीमा गर्ने बेलामा बुझेर पछि बिर्सेको पनि हुन सक्छ । त्यस्तो अवस्थामा सर्भेयरलाई पीडित पक्षले 'तँ को होस्'  'किन क्षतिको दाबी पाउँदैन' भन्दै दुर्व्यवहार गर्छन् । 

सर्भेयर पक्षले पनि पीडितलाई राम्रोसँग बुझाउँनु पर्दछ । बीमा गर्दा बीमा गराउनेले पनि बीमितलाई यसको दाबी पाउँछ यसको पाउँदैन भनेर  बुझाउनु पर्दछ । र, समाजले पनि क्षति भएर सर्भे गर्न आउँदा त्यसरि चित्त नबुझेको कुरो राम्रोसँगले सभ्य भाषा र शैलीमा कुरा गर्नु पर्छ । 

त्यस्तै सर्भेयरले फाईनल रिपोर्ट अथवा डिटेल सर्भेयर रिपोर्ट कम्पनीले प्राप्त गरेको १० दिनमा दावी भुक्तानी गर्ने व्यवस्था कम्पनीले गर्न सक्छ । कम्पनीले यसरी फाईनल रिपोर्ट सर्भेयरले बुझाएपछि दाबी दिन ढिलो नगर्दियोस् भन्ने मेरो भनाई हो । प्राधिकरणको नियम अनुसार यसरी सर्भेयरले फाइनल रिपोर्ट बुझाएको ३५ दिन भित्र दाबी दिनु पर्छ भन्ने छ । तर, कम्पनीहरुले १० दिनमा नै दिन सक्छन् । १० दिनभित्रै दिने व्यवस्था कम्पनीले गर्नुपर्छ । 

दाबी रकम कम देखाएको आरोपबारे

दाबी रकम कम देखायो भन्ने आरोपमा सर्भेयरको पनि कमजोरी छ । पीडितलाई यो यो कारणले गर्दा तपाईले यति क्षति पाउनुहुन्छ भनेर बुझाउँन नसक्नु हाम्रो कमजोरी हो । त्यसैगरी, कतिप सर्भेयरले पीडितलाई नभनी सिदै रिपोर्ट बुझाउँछन् त्यो दोस्रो कमजोरी हो। 

यसैगरी, अर्काे कुरो सर्भेयरहरु सर्भे गर्न जाँदा बीमा कम्पनीले भनेको मान्छ र आएर सर्भे गर्छ भन्ने आम जनताको बुझाई छ । जबकी हामी बीमा कम्पनीको मान्छे नै होइनौँ । हामी  स्वतन्त्र हौँ भन्ने कुरो सबैले बुझ्नु पर्छ । उहाँहरुले सर्भे भन्ने नै नबुझेको हुनसक्छ । हामी सर्भेयरको रिपोर्ट बनाए बापत पारिश्रमिक पाउँछौ, दाबी कम देखाए वापत पारिश्रमिक पाउने होइन। त्यो कुरा सबैले बुझ्नु र बुझाउनु जरुरी छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved