७ महिनामा निर्जीवन लघु बीमा कम्पनीको व्यापार ७ करोड, नेपाल माईक्रो शिर्ष स्थानमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 27, 2024 | 04:22:49 PM मा प्रकाशित

laxmi  sunrise bank

चालु आर्थिक वर्ष २०८०/०८१ को ७ महिनामा निर्जीवन लघु बीमा कम्पनीहरुले ७ करोड ५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् । ३ निर्जीवन लघु बीमकले यो अवधिमा ३१ हजार ८८१ वटा पोलिसि बेचेका छन् ।

३ कम्पनीमध्ये सबैभन्दा धेरै व्यापार नेपाल माईक्रो ईन्स्योरेन्सले गरेको छ । नेपाल माईक्रोले माघ मसान्तसम्म २ करोड ६५ हजार रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको हो । नेपाल माईक्रोले यो अवधिमा २० हजार २९२ वटा पोलिसि बेचेको छ । 

त्यसैगरी, २ करोड ३२ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको प्रोटेक्टिभ माईक्रोले ५ हजार ८७३ वटा पोलिसि बेच्दा स्टार माईक्रोले ५ हजार ७१६ वटा पोसिसि बेचेको छ। स्टारले माघ मसान्तसम्म १ करोड ७ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved